Posts

वीर शहिदहरु अमर रहुन् 💐

Image
 "हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपुत मरेर नगए"-भुपी शेरचन  आज माघ १६ सहिद दिवस। नेपालमा माघ १० देखि माघ १६ गतेसम्म सहिद सप्ताहका रूपमा मनाइन्छ। नेपालमा विभिन्न समयमा संचालित परिवर्तनको आन्दोलनमा ज्ञात अज्ञात हजारौं शहिदको बलिदान रहेको छ। सहिदको बलिदानीबाट नै आज हामीले स्वतन्त्रता,समानता र सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा आफ्ना अधिकार उपभोग गर्न पाएका छौँ। नेपालको प्रथम शहिदका रूपमा लखन थापालाई मानिन्छ। राणाहरुको विरुद्धमा आवाज उठाएकाले थापालाई वि.सं.१९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै झुन्ड्याएर मारिएको थियो।  तर राणा विरुद्ध आन्दोलन भने रोकिएन भित्रा-भित्रै चली नै रह्यो। सोही राणा विरोधी आन्दोलनका क्रममा वि.सं.१९९७ मा फेरि ४ नेपाली सपुतले आफ्नो ज्यानको आहुती दिए। तिनै ४ सहिदका बारे  संक्षिप्त विवरण तल प्रस्तुत गरिएको छ। नेपालका ४ सहिदहरूको संक्षिप्त विवरण:- सहिदको नाम- मृत्युदण्ड १-शुक्रराज शास्त्री (१९५०)  मृत्युदण्ड दिइएको मिति-१९९७ माघ १० मृत्युदण्डको तरिका:- टेकुपचलीस्थित खरीको बोटमा झुन्ड्याइएको २-धर्मभक्त माथेमा (१...

पृथ्वीनारायण शाह कालिन अड्डाहरु…

Image
 नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्वदायी प्रमुख भुमिका रहेको छ। आजको एकीकृत नेपाल निर्माणमा पृथ्वीनारायण शाहको प्रमुख भुमिका रहेको छ। पृथ्वीनारायण शाहको पालामा सरकारी कामलाई व्यवस्थित गर्नका लागि विभिन्न अड्डाहरुको गठन गरिएको थियो। जसमध्ये केहि प्रमुख अड्डाहरुका बारे तल उल्लेख गरिएको छ:- १) मुन्सीखाना- परराष्ट्र सम्बन्धि काम गर्ने अड्डा  २) जैसी कोठा- तिब्बत हेर्ने अड्डा(मुन्सीखानाकै एक इकाई) ३) कोत भण्डार- दरबारलाई आवश्यक पर्ने सामान व्यवस्था गर्ने अड्डा  ४) कुमारी चोक- आम्दानी र खर्चको हिसाब जाँच्ने अड्डा  कृपया, थप जानकारी भए कमेन्टमा उल्लेख गर्नु होला 🙏 पृथ्वीनारायण शाह वि.सं: १८२५ असोज १३ गते(राजा भएको दिन) कान्तिपुरको राजगद्दीमा बसेका थिए। उनले वि.सं: १८३१ माघ १ गते नुवाकोटको देविघाटमा बसेर "दिव्योपदेश" दिएका थिए।

पुस्तान्तरण(Generation gap)

Image
 एउटा बच्चाले आफ्नो बाऊलाई सोध्छ : तपाईहरू के गरी बस्नु हुन्थ्यो, जत्तिखेर : - न प्रविधिमा पहूँच थियो, - न इन्टरनेट थियो, - न कम्प्युटर थियो, - न टेलिभिजन थिए, - न एयर कण्डिशन थियो, - न कार थिए, - न मोबाइल फोनहरू थिए । बाउले_उत्तर_दिन्छन् :  "जसरी तिम्रो पुस्ता आज बाँचेको छ" : - न प्रार्थना छ,न भाव  - न दया/न करूणा छ, - न इज्जत/सम्मान छ, - न चरित्र छ, न चेतना - न लाज छ, न सरम - न कुनै विनयशीलता छ, - न समय-पालना छ, - न खेलकूद छ,न मनोरञ्जन  - न भरपर्दा साथीसंगी छ्न् (मात्र फेस्बुके साथी)। सन् १९४० देखि १९९० को विचमा जन्मिने हामी त साँच्चिक्कै भाग्यमानी छौँ । हाम्रो जीन्दगी त्यसको ज्वलन्त प्रमाण हो : 👉 खेल्दा र साइकल चलाउँदा हामीले कहिल्यै हेलमेट लगाएनौँ । 👉 हामीले स्कूलपछि साँझ परुञ्जेल खेल्यौँ, टिभि कहिल्यै हेरेनौँ । 👉 हामी साँच्चैका साथीसङ्ग खेल्यौँ, इन्टरनेटका साथीसङ्ग होइन । 👉 तिर्खा लागे धाराको पानी सोझै पियौँ, बोतलको होइन । 👉 दैनिक एक-एक थाल भात खाए पनि हाम्रो तौल कहिल्यै बढेन । 👉 खाली खुट्टा डुलेपनि हाम्रा पैतलामा केही भएन । 👉हाम्रा बाउ-आमाले हामीलाई स्वस...

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …

Image
 के तपाईलाई transcript निकाल्न काठमाडौ जानुपर्नेछ?  वा  विभिन्न आयोग र कोर्षका गुणस्तरीय पुस्तकको खोजीमा हुनुहुन्छ? अब चिन्ता नगर्नुहोस्… मात्र हामीलाई सम्पर्क गर्नुहोस्।

तिम्रा लागि श्रमिक नाफा कमाउने साधन मात्रै हुन् ?

Image
  पुजीवादले श्रमिकलाई मेसिन जसरी प्रयोग गर्दछ, न्यून ज्याला दिन्छ र अतिरिक्त नाफा कमाइ रहन्छ जसका कारण पुजीको असमान वितरण हुन पुग्दछ। तर मेसिनलाई पनि समय समयमा मर्मत सम्भारको आवश्यकता हुन्छ तर यो घटनामा सामान्य मानवीय व्यबहार पनि गरिएको छैन। के हामीले तेजावमा धकेलेको हो र?हामी उपचार गर्न सक्दैनौँ भन्छ?दिव्या रोजिन & टर्पेन्टाइन। विगत ३ वर्षदेखि खोटो संकलन गरेको आफ्नो कामदार अस्पताल पठाउनुको साटो सामान्य मानवीय व्यबहार पनि नगरेर घर फिर्ता पठाउछ। स्मरण रहोस्- #LockDown अवधिमै कामदारलाई घरबाट कार्यक्षेत्र बझाङ पुर्‍याएको थियो। रोल्पा जिल्ला सुनिलस्मृती गाउँपालिका १ घोडागाउँ तुसारपानी निवासी दिल ब.पुन खोटो संकलनका लागि बझाङ गएको थिए। तर कार्यक्षेत्रमा बझाङमै दुर्घटनामा परेर हाल बिचल्लीमा परेका छन्। मिति २०७७ कार्तिक २३ गते राति आफू बाँस बसिरहेको ठाउँबाट राति पिसाब गएर फर्कने बेला लडेर तेजाव राखेको भाडोमा परे पछी शरीरको अधिकांश भाग जलेको छ। तर यस्तो बेला कम्पनीले उपचार गर्नुको साटो घर पठाएको छ। सामान्य मानवीय नाताले गरिने व्यबहार पनि गरेको छैन। उपचार गरि दिन पटक-पटक विभिन्न माध्यमबा...

चर्चामा ने.क.पा. विवाद

Image
  स्थायी सरकार र समृद्धिको नारा सहित एमाले र माओवादी एकतामा जोडिन पुगेका थिए। तर पछिल्लो समय भने विभिन्न बाहना र स्वार्थको द्वन्द्वले गर्दा ने.क.पा. भित्र विवाद चुलिदो क्रममा छ। यसै सन्दर्भमा ने.क.पा. का युवा नेता तथा राष्ट्रिय युवा परिषद्कका कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेल सामाजिक संजाल फेसबुकमा सक्रिय देखिनु भएको छ। ढुङ्गेलले फेसबुकमा यस्तो पोष्ट गर्नु भएको छ:- सन्दर्भ नेकपा विवाद: १". मार्सवाद लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्तमा सहमत भएर प्रकारान्तरले नाम जे राखे पनि जनताको वहुदलीय जनवादका आधारभूत मान्यतालाई स्वीकार गरेर यो पार्टी एकता भएको हो ।  २. विगतमा नेकपा एमालेले विकास गरेको सांगठनिक पद्धति, लोकतान्त्रिक संस्कृति र व्यवस्थापनको वलमा लिएको उचाई र लोकपृयता अनि माओवादीले विकास गरेको परिवर्तनमुखी धारको फ्युजन गराई कम्युनिस्ट आन्दोलनलाई एकतावद्द र संगठीत गरि ५ वर्षे स्थायी सरकार मार्फत "सुखी नेपाली र सममृद्द नेपाल" वनाउने स्वर्णिम सपना पूरा गर्न यो पार्टी एकता गरिएको हो ।  ३. सरकार र पार्टी सँगसँगै योजना वद्द अगाडि वढ्न सक्दा मात्र सरकार र पार्टीको लोकपृयता वढ्...

ने.क.पा. फुटको नजिक पुगेकै हो त…? महासचिव देखि विभिन्न विद्वानको ने.क.पा विवादमा टिप्पणी

Image
 नेकपा विवाद विगत केहि महिना देखि अखबारका मुख्य हेडलाईन बनी रहेकै छ। नेकपा विवादमा सरकार र पार्टीको काम,राजदुत नियुक्ति,अध्यादेश,मन्त्री हेरफेर,ओम्नी,७०करोड,गर्दै पछिल्लोपटक कर्णाली प्रदेशको विवाद र रअ प्रमुख सामन्त गोयलसँगको भेट विवाद तथा चर्चाको केन्दमै छन् । यसै सन्दर्भमा आज दिउँसो  नेकपा महासचिव विष्णु प्रसाद पौडेलले सामाजिक संजालमा पार्टीको विवाद बारे पोष्ट गरेका छन्। Facebook र Twitter मा विष्णु पौडेलले यस्तो लेख्नुभएको छ हेर्नुस्। यस्तै राजनीतिक विश्लेषक/पत्रकार कुमार शाहले पनि नेकपा विवाद र कर्णाली प्रदेशको विवादलाई लक्षित गरि गर्नुभएको छ। कुमार शाहलाई माओवादी आन्दोलनका क्रममा एउटा शालीन नेताका रूपमा लिइन्थ्यो। हाल उहाँ स्वतन्त्र पत्रकार तथा राजनीति विश्लेषकका रूपमा क्रियाशिल हुनु हुन्छ। नेकपा विवादलाई लक्षित गरि कुमार शाहले Facebook मा यस्तो टिप्पणी गर्नु भएको छ:- (हेर्नुस् तल) अर्का राजनीति विश्लेषक भरत दाहालले पनि नेकपा महासचिव विष्णु पौडेलको Facebook पोष्ट पछी लामो टिप्पणी Facebook मा सार्बजनिक गर्नु भएको छ:-(तल हेर्नुस्) अर्का नेकपा नेता विष्णु रिजाल नेकपा विवाद ग...