चर्चामा ने.क.पा. विवाद
स्थायी सरकार र समृद्धिको नारा सहित एमाले र माओवादी एकतामा जोडिन पुगेका थिए। तर पछिल्लो समय भने विभिन्न बाहना र स्वार्थको द्वन्द्वले गर्दा ने.क.पा. भित्र विवाद चुलिदो क्रममा छ। यसै सन्दर्भमा ने.क.पा. का युवा नेता तथा राष्ट्रिय युवा परिषद्कका कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेल सामाजिक संजाल फेसबुकमा सक्रिय देखिनु भएको छ। ढुङ्गेलले फेसबुकमा यस्तो पोष्ट गर्नु भएको छ:-
सन्दर्भ नेकपा विवाद:
१". मार्सवाद लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्तमा सहमत भएर प्रकारान्तरले नाम जे राखे पनि जनताको वहुदलीय जनवादका आधारभूत मान्यतालाई स्वीकार गरेर यो पार्टी एकता भएको हो ।
२. विगतमा नेकपा एमालेले विकास गरेको सांगठनिक पद्धति, लोकतान्त्रिक संस्कृति र व्यवस्थापनको वलमा लिएको उचाई र लोकपृयता अनि माओवादीले विकास गरेको परिवर्तनमुखी धारको फ्युजन गराई कम्युनिस्ट आन्दोलनलाई एकतावद्द र संगठीत गरि ५ वर्षे स्थायी सरकार मार्फत "सुखी नेपाली र सममृद्द नेपाल" वनाउने स्वर्णिम सपना पूरा गर्न यो पार्टी एकता गरिएको हो ।
३. सरकार र पार्टी सँगसँगै योजना वद्द अगाडि वढ्न सक्दा मात्र सरकार र पार्टीको लोकपृयता वढ्छ र पार्टी जनताका सामु लोकपृय हुन पुग्दछ । यसको ज्वलन्त उदाहरण २०५१ सालको मनमोहन नेतृत्वको सरकारलाई लिन सकिन्छ ।
४. यो सरकारले गरेका दर्जनाैं लोकपृय र राम्रा काम जनताको वीचमा सम्प्रेसीत हुन सकेका छैनन् । गरेका लोकपृय निर्णयहरु कार्यान्वयनमा जाँदा स्तरहिन समेत भैरहेका छन् । जसलाई सिंगो पार्टी पंक्तिलाई परिचालन गरेर जनतामा अनुभूति दिन सक्नु पर्दछ जुन काम भईरहेको छैन । उदाहरणका लागि पवित्र उद्देश्यका साथ रातो कार्ड धारी लक्षित जनतालाई अनिवार्य रुपमा न्युनतम रोजगारको व्यवस्था गर्ने सरकारले अगाडि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम तल्लो स्तरमा पुग्दा स्तरहिन वनिरहेको छ।
५. राष्ट्रियता र स्वाभिमानको सवालमा यो सरकारले गरेका साहसी कदमको महत्व र प्रभावलाई पार्टी जीवनमा संगठीत र योजनावद्द रुपमा पुँजीकृत गर्न सिंगो पार्टी चुकिरहेको छ ।
६. भुकम्पको वेला पचासाैं हजार पार्टी कार्यकर्ता परिचालन गरेर २८००० अस्थायी घर र स्कुल निर्माण गरेको र जनताको दुखमा मलम लगाउन पुगेको कारण स्थानिय सरकारमा जनताले एमालेलेलाई साँच्चै विस्वास गरेर अभिमत दिएका थिए । यो लोकपृयता र पार्टी एकताको आधारभूमीमा झण्डै दुई तिहाई वहुमतको सरकार निर्माण भएको हो । सँगसँगै यो वहुमत अाउनुमा केपी ओली नेतृत्वको विस्वास पनि हो । आज कोरोनाको यति भयावह कहरमा सरकारसँगसँगै पार्टी पंक्ति परिचालन गर्न सकेको भए सायद सरकार र पार्टी प्रतिको लोकपृयता र विस्वास वढ्न सक्दथ्यो तर पार्टी त्यो दिशामा जान सकेको छैन ।
७. पार्टी भित्र सृजित समस्याका कारण प्राविधिक वहुमत जुटाउँने नाममा सरकारले प्रभावकारी ढंगले काम गर्न सकिरहेको छैन र गरेका राम्रा काम र निर्णयको प्रभाव छर्न पनि सकिएको छैन । वरु गरेका उचित निर्णयको तोडमोड भएर तल सम्प्रेषण हुने परिस्थिति वनिरहेको छ ।
आजको समस्या :
१. ६ महिनामा सरकार परिवर्तन गर्ने संस्कृतिवाट हुर्किएको नेपाली राजनीतिले ५ वर्षको स्थायी सरकार पर्खन सक्ने धैर्यताको अभावमा जन्मिएको समस्या हो ।
२. उच्च तहको नेतृत्वमा आत्मसुरक्षाको चिन्तनवाट सृजित समस्या हो।
३. विचारको गति एकैतिर तर कार्यशैली, जिम्मेवारी वाँडफाड र अवसर प्राप्तिको विन्यासमा असन्तुष्टिको व्यस्थापन हुन नसकेर जन्मिएको समस्या हो।
४. पार्टी र सरकार सन्चालन गर्ने मोडालिटीमा निखरता नआउँदा सवैको ध्यान सरकार र यसले सृजना गर्ने अवसरमा केन्द्रीकृत हुँदा सृजित भएको समस्या हो।
अवको वाटो:
१. शदियाैंको संधर्षको ईतिहासवाट नेकपा एमाले पार्टीले विकास गरेको संगठन निर्माणको संस्कृति, मुल्य मान्यताको रक्षा गर्न सिंगो पार्टी नेतृत्व तयार हुनु पर्दछ । जसलाई पुर्व माओवादी पंक्तिले पनि स्वीकार गरेको छ ।
२. कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको सिद्धान्तलाई पछ्याउने गरि भएको पार्टी एकताको भाव र मर्मलाई जोगाउन यसका स्वप्नद्रष्टाहरुको विशेष पहलकदमी र एकता अनिवार्य छ ।
३. ३२ वर्ष अध्यक्ष र दुई पटक प्रधानमन्त्री भईसक्नु भएको कमरेड प्रचण्डलाई आफ्नै सहयोद्दा कमरेड किरण, वावुराम, सिपी र विप्लवहरुले के भनिरहनु भएको थियो र छ ? पूर्व माओवादीको नेतृत्व गरिरहदा कति विवेकी नजर कार्यकर्तामा लगाउनु भयो तपाईको मूल्यांकन पनि भईरहेकै छ । तर जे होस कमरेड प्रचण्ड यो पार्टी एकता पछि विवेकी वन्ने हुनु भएर होला विधि र पद्धति खोजी रहनु भएको छ । यसवाट हामी हर्षित छाैं ।
४. कमजोरी विहिन मान्छे हुन् प्रधानमन्त्री केपी ओली भन्न खोजेको होईन तर सामान्य कार्यशैलीगत कमजोरीको कुरा गरीरहदा उनको नेतृत्वमा सरकार र पार्टीले गरेका जनमुखी काम र निर्णयलाई छायाँमा पार्नु स्वयम व्यक्तिमाथि अन्याय हुन्छ । केपी ओली एउटा साहसी अडान भएको, राष्ट्रियता र स्वाभिमानको निष्ठा सहित अन्तर्राष्ट्रिय दुनियाँमा नेपाल चिनाउने नेतृत्व हो ।
५. अब सरकार र पार्टी सन्चालन र परिचालनको गति तिव्र वनाउन सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी सर्मा ओलीले अब एउटा वोल्ड निर्णय र पहलकदमी लिनु पर्छ । सधैंभरी यो हैरानी र डिस्टरवेन्सवाट अगाडि वढ्न सकिँदैन । कमरेड माधव नेपालसँग निर्णायक सम्वाद गरि विचारको रक्षा, पार्टी र सरकार सन्चालनमा गति ल्याउनु पर्छ । समयमा महाधिवेशन गर्नु पर्छ । पूर्व माओवादी पृष्ठभूमिका लोकपृय र असल कमरेडहरुलाई राम्रो स्पेस दिएर अगाडि वढाउनु पर्छ ।
पार्टीको जय होस !"
ने.क.पा. एकता हात्ती आयो हात्ती आयो फुस्सा त हुँदैन । नागरिक चासो कायमै छ।
Comments
Post a Comment