वीर शहिदहरु अमर रहुन् 💐
"हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए"-भुपी शेरचन
आज माघ १६ सहिद दिवस। नेपालमा माघ १० देखि माघ १६ गतेसम्म सहिद सप्ताहका रूपमा मनाइन्छ। नेपालमा विभिन्न समयमा संचालित परिवर्तनको आन्दोलनमा ज्ञात अज्ञात हजारौं शहिदको बलिदान रहेको छ। सहिदको बलिदानीबाट नै आज हामीले स्वतन्त्रता,समानता र सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा आफ्ना अधिकार उपभोग गर्न पाएका छौँ।
नेपालको प्रथम शहिदका रूपमा लखन थापालाई मानिन्छ। राणाहरुको विरुद्धमा आवाज उठाएकाले थापालाई वि.सं.१९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै झुन्ड्याएर मारिएको थियो।
तर राणा विरुद्ध आन्दोलन भने रोकिएन भित्रा-भित्रै चली नै रह्यो। सोही राणा विरोधी आन्दोलनका क्रममा वि.सं.१९९७ मा फेरि ४ नेपाली सपुतले आफ्नो ज्यानको आहुती दिए। तिनै ४ सहिदका बारे संक्षिप्त विवरण तल प्रस्तुत गरिएको छ।
नेपालका ४ सहिदहरूको संक्षिप्त विवरण:-
सहिदको नाम-
मृत्युदण्ड
१-शुक्रराज शास्त्री (१९५०)
मृत्युदण्ड दिइएको मिति-१९९७ माघ १०
मृत्युदण्डको तरिका:- टेकुपचलीस्थित खरीको बोटमा झुन्ड्याइएको
२-धर्मभक्त माथेमा (१९६५)
मृत्युदण्ड दिइएको मिति-१९९७ माघ १२
मृत्युदण्डको तरिका:-सिफलमा झुन्ड्याइएको
३-दशरथ चन्द (१९६०)
मृत्युदण्ड दिइएको मिति-१९९७ माघ १४
मृत्युदण्डको तरिका:-शोभा भगवतीमा गोली हानिएको
४-गंगालाल श्रेष्ठ(१९७५)-सबैभन्दा कान्छो
मृत्युदण्ड दिइएको मिति-१९९७ माघ १४
मृत्युदण्डको तरिका:-शोभा भगवतीमा गोली हानिएको
आजका दिनमा यो राजनीतिक लुछाचुडी देख्दा लाग्छ। के यस्तै होला भनेर शहिदहरुले बलिदान गरेका थिए त? सहिदको सपना पुरा गर्ने बाटो यहीँ नै हो त? गम्भीर प्रश्न प्रत्येक देशभक्त नागरिकको मनमा उठिरहेको छ…
Comments
Post a Comment