तिम्रा लागि श्रमिक नाफा कमाउने साधन मात्रै हुन् ?

 


पुजीवादले श्रमिकलाई मेसिन जसरी प्रयोग गर्दछ, न्यून ज्याला दिन्छ र अतिरिक्त नाफा कमाइ रहन्छ जसका कारण पुजीको असमान वितरण हुन पुग्दछ। तर मेसिनलाई पनि समय समयमा मर्मत सम्भारको आवश्यकता हुन्छ तर यो घटनामा सामान्य मानवीय व्यबहार पनि गरिएको छैन। के हामीले तेजावमा धकेलेको हो र?हामी उपचार गर्न सक्दैनौँ भन्छ?दिव्या रोजिन & टर्पेन्टाइन। विगत ३ वर्षदेखि खोटो संकलन गरेको आफ्नो कामदार अस्पताल पठाउनुको साटो सामान्य मानवीय व्यबहार पनि नगरेर घर फिर्ता पठाउछ। स्मरण रहोस्- #LockDown अवधिमै कामदारलाई घरबाट कार्यक्षेत्र बझाङ पुर्‍याएको थियो।


रोल्पा जिल्ला सुनिलस्मृती गाउँपालिका १ घोडागाउँ तुसारपानी निवासी दिल ब.पुन खोटो संकलनका लागि बझाङ गएको थिए। तर कार्यक्षेत्रमा बझाङमै दुर्घटनामा परेर हाल बिचल्लीमा परेका छन्। मिति २०७७ कार्तिक २३ गते राति आफू बाँस बसिरहेको ठाउँबाट राति पिसाब गएर फर्कने बेला लडेर तेजाव राखेको भाडोमा परे पछी शरीरको अधिकांश भाग जलेको छ। तर यस्तो बेला कम्पनीले उपचार गर्नुको साटो घर पठाएको छ। सामान्य मानवीय नाताले गरिने व्यबहार पनि गरेको छैन। उपचार गरि दिन पटक-पटक विभिन्न माध्यमबाट अनुरोध गर्दा पनि विभिन्न बाहनामा आलटाल गर्दै आएको छ।पीडित दिल बहादुरले उपचार खर्च तथा क्षतिपूर्ति भराई पाऊँ भनी इ.प्र.का.खुङ्ग्रीमा निवेदन पेस गरेका छन्। हाल पीडितको टिचिङ अस्पताल महाराजगन्ज काठमाडौमा उपचार भइरहेको छ।






दिव्या रोजिन & टर्पेनटाइन प्रा.लि. अत्तरियाले आफुसँग विगत ३ वर्ष देखि काम गरिरहेको १जना कामदार दुर्घटनामा परेर मर्नु र बाँच्नुको अवस्थामा भएको बेला उपचार गर्नुको साटो घरमा ल्याएर छोडी दिएको छ।




तिम्रा लागि कामदार नाफा कमाउने साधन मात्र होला तर ऊ कसैको श्रीमान् बुबा र सबथोक पनि हुन सक्छ। त्यसैले न्यूनतम मानवीय व्यबहार गर।।। हे निर्दयी साहु महाजन(पुँजीपती)हरु हो, त्यही दिल बहादुर तिमीहरूलाई नाफा दिदासम्म विगतका वर्षमा उत्कृष्ट कामदारका रूपमा पुरस्कृत गरेका थियौंँ हाल त्यही दिल बहादुर तिमीहरूलाई घाँडो भएको जस्तो व्यबहार गर्छौँ। सम्पुर्ण मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्था र व्यक्तिहरुले सामुहिक खबरदारी गरौँ। एउटा पीडित श्रमजीवीले बाच्न पाउने अधिकारको सुनिश्चित गरौँ।।। #SDG



Comments

Popular posts from this blog

वीर शहिदहरु अमर रहुन् 💐

-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …