पुस्तान्तरण(Generation gap)

 एउटा बच्चाले आफ्नो बाऊलाई सोध्छ : तपाईहरू के गरी बस्नु हुन्थ्यो, जत्तिखेर :

- न प्रविधिमा पहूँच थियो,

- न इन्टरनेट थियो,

- न कम्प्युटर थियो,

- न टेलिभिजन थिए,

- न एयर कण्डिशन थियो,

- न कार थिए,

- न मोबाइल फोनहरू थिए ।


बाउले_उत्तर_दिन्छन् : 


"जसरी तिम्रो पुस्ता आज बाँचेको छ" :

- न प्रार्थना छ,न भाव 

- न दया/न करूणा छ,

- न इज्जत/सम्मान छ,

- न चरित्र छ, न चेतना

- न लाज छ, न सरम

- न कुनै विनयशीलता छ,

- न समय-पालना छ,

- न खेलकूद छ,न मनोरञ्जन 

- न भरपर्दा साथीसंगी छ्न् (मात्र फेस्बुके साथी)।


सन् १९४० देखि १९९० को विचमा जन्मिने हामी त साँच्चिक्कै भाग्यमानी छौँ । हाम्रो जीन्दगी त्यसको ज्वलन्त प्रमाण हो :


👉 खेल्दा र साइकल चलाउँदा हामीले कहिल्यै हेलमेट लगाएनौँ ।

👉 हामीले स्कूलपछि साँझ परुञ्जेल खेल्यौँ, टिभि कहिल्यै हेरेनौँ ।

👉 हामी साँच्चैका साथीसङ्ग खेल्यौँ, इन्टरनेटका साथीसङ्ग होइन ।

👉 तिर्खा लागे धाराको पानी सोझै पियौँ, बोतलको होइन ।

👉 दैनिक एक-एक थाल भात खाए पनि हाम्रो तौल कहिल्यै बढेन ।

👉 खाली खुट्टा डुलेपनि हाम्रा पैतलामा केही भएन ।

👉हाम्रा बाउ-आमाले हामीलाई स्वस्थ राख्न कुनै थप पोषिलो खाना खुवाउनु परेन ।

👉 हाम्रा खेलौना हामीले आफैँ बनायौँ र खेल्यौँ ।

👉 हाम्रा बाऊ-आमा धनी थिएनन् । तिनले हामीलाई प्यार दिए, अरू सांसारिक बस्तु होइन ।

👉 हामीसङ्ग मोबाइल फोन थिएन, डिभिडि, प्ले-स्टेशन, एक्स-बक्स, भिडिओ गेम, ब्यक्तिगत कम्प्युटर, इन्टरनेट-गफ थिएनन् तर हामीसङ्ग वास्तविक साथीहरू थिए ।

👉 हामी नबोलाइकनै साथीको घर जान्थ्यौँ र उतै खाना खान्थ्यौँ ।

👉 तिम्रो भन्दा अलि फरक, हाम्रा नाता-गोता नजीकै बस्थे, त्यसैले हामी सङ्गै पारिवारिक जमघटको आनन्द लिन्थ्यौँ ।

👉 हाम्रा श्याम-स्वेत तस्वीर हुन सक्छन् तर तिनमा तिमीले रङ्गीन यादहरू पाउँछौ ।

👉 हाम्रो पुस्ता अद्वितीय र सबै भन्दा बढि सुझ-बुझ भएको पुस्ता हो किनकि हामी आफ्ना माता पीताले भनेको सुन्ने अन्तीम पुस्ता हौँ र आफ्ना छोराछोरीको कुरा सुन्ने पहिलो पुस्ता हौं । हामी यस्तो पुस्ता हौं, जसले आफू जन्मदा अस्तित्वमै नभएका प्रविधिको प्रयोग गर्न समेत तिमीलाई मद्दत गरिराखेका छौँ ।

👉 हामी "लिमिटेड इडिसन" हौँ ! त्यसैले तिमीहरू

- हामीसँग रम,

- हामीबाट सिक,

- हामीलाई सम्पत्तिको रुपमा लेऊ,

- हामी यो धर्ती र तिम्रो जीवनबाट अलप हुनु अघि यहाँका सबै चिज र सबै मान्छेलाई माया गर ।।

---------------------------------------------

- फेसबुक तिर भेटेको। जसले लेख्नुभो वहाँले बास्तबिकताको गहिराईमा डुबेर लेख्नुभो!🙏

विशेष धन्यवाद 🙏💐


Comments

Popular posts from this blog

वीर शहिदहरु अमर रहुन् 💐

-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …