Posts

तिमी के भन्छौ मीनेन्द्र ? -किशोर नेपाल

Image
 तिमी के भन्छौ मीनेन्द्र ?  ➡️किशोर नेपालको टिप्पणी  मेरा अत्यन्त प्रिय र आत्मीय मित्र हुन मीनेन्द्र रिजाल । प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा हामीले संगै काम गरेका हौं । त्यो आन्दोलनलाई मध्यवर्ती भागतिरै छाडेर बिद्यार्थी नेता मीनेन्द्र रिजाल र अर्का बिद्यार्थी नेता प्रकाशशरण महत अमेरिकातिर लागे शिक्षा आर्जनका लागि । नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जन–आन्दोलनले देशमा संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्थापना गर्यो । त्यसको केही समयपछि उनीहरु नेपाल फर्किए ः डा. मीनेन्द्र रिजाल र डा. प्रकाशशरण महतका रुपमा । यी दुबै नेता शेरबहादुर देउवाका निकट मानिन्थे त्यतिखेर ।  राजनीतिमा मीनेन्द्र प्रखर थिए । पूर्वी नेपालको कुलीन रिजाल परिवारका सदस्य मीनेन्द्र र नुवाकोट जिल्लाका सम्पन्न महत परिवारका प्रकाशलाई कांग्रेसको राजनीतिमा ‘एडजष्ट’ हुन त्यति कठिन भएन । रहँदा बस्दा प्रकाश शरण आफना दाजु रामशरण महतको राजनीतिबाट टाढिए भने मीनेन्द्र शेरबहादुर देउवाको समूहबाट अलग्गिए । मीनेन्द्र र प्रकाश, दुबैको राजनीति अप्ठेरोमा फलेको फर्सी जस्...

अदालत र दलिय राजनीति …

Image
 दोष  चोलेन्द्र समशेरको भन्दा , दलहरू,राज्य संयन्त्र र संविधानको हो  📝केशव प्रसाद भट्टराई  हिम्मत भए तलको  तथ्यलाई  गलत सावित गर्नुहोस I  ***** *****   १. सवाल चोलेन्द्र समशेरको हुँदै होइन,  सुशीला कार्कीलाई महाभियोग लगाउनु भयो, उनको अवकाश प्रिय र सम्मानजनक रहेन I  त्यसपछि दीपकराज जोशी र गोपाल पराजुलीलाई पनि अपमानजनक ढङ्गमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशबाट हटाउनु भयो ! राजनीतिक असभ्यता  प्रदर्शन गर्नुभयो ! अहिले चोलेन्द्र समशेर ! लगातार सर्वोच्च अदालतका चार जना प्रधान न्यायाधीशहरुको अपमानजनक  वहिर्गमन ! राष्ट्रको  र न्यायपालिकाको यो भन्दा ठूलो अपमान अर्को केही हुन्छ ? ***** मध्यरातसम्म  कुनै पार्टीका  नेता,   प्रधान न्यायाधीशको निवाशमा बसेर. नियुक्त हुने  न्यायाधीशहरूको  अन्तिम सूची तयार गरेर  बाहिरिएका खवर मिडियामा आएकै हुन् I  न्यायाधीश नियुक्त गर्ने संरचनामा कानुन मन्त्री भैसकेपछि फेरी प्रधानमन्त्रीको प्रतिनिधि किन चाहिने ? राजनीतिक दललाई प्रतिनिधित्व गर्ने बार एसोसिएसनक...

घटस्थापना कसरी गर्ने ?

Image
 आज भोली पण्डित पाउन गाह्रो छ । भोली पण्डित नपाउनेले यसरी घटस्थापना गरौं । सनातन हिन्दु परम्पराको स‌ंरक्षण गरौं  १. शुद्ध स्थान अथवा मंदिरमा लिपपोत गरी चोख्याइ राख्ने  २. माटो वा बालुवामाथि  बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गर्ने  ३. दीप–कलश–गणेश पूजा गर्ने ४. ईशानकोणबाट क्रमश: दुर्गाका चारैतिर रहने देवताहरूको पूजा गर्ने  ॐ विष्णवे नमः (ईशानकोण)।  ॐ शिवाय नमः (आग्नेय कोण)।  ॐ विनायकाय नमः (नैरित्यकोण)।  ॐ सूर्याय नमः (बायब्यकोण)।  दुर्गा देव्याः सर्वेभ्यो परिवारेभ्यो नमः । नमस्कार गर्ने । ६. भगवती दुर्गाको ध्यान गर्ने  सर्व मंगल मागंल्ये शिवे सर्वार्थ साधिके ।  शरण्येत्रयम्बिके गौरी नारायणी नमोस्तुते ॥ ७. भगवती दुर्गाको आवाहन गर्न जौ छर्ने र तलको मन्त्रोच्चारण गर्ने यीनै जौ उम्रेपछि दशमीकोदिन जमराको रूपमा प्रयोग गर्ने ।  श्रीजगदम्बायै दुर्गादेव्यै नम:। दुर्गादेवीं आवाहयामि॥ ८.  देवीयन्त्र वा अष्टदलकमल बनाई दुर्गायन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको,  चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रत...

सत्य र झुट…?

Image
 सत्य र झुट उहिल्यै उहिल्यैको कुरो हो । एक दिन सत्य र झुटको  भेट भयो । झुटले सत्यलाई भन्यो: "आज बढो रमाइलो घमाइलो दिन छ, सँगै खेलौँ !" हुन पनि दिन अद्भुत नै थियो । दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे । झुटले सत्यलाई फकायो, "उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।" दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र  डुबुल्की मारे । केही बेर इनारमा  नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर भेट्टाइन । बरु नाङ्गै हिँडेकी सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । बिचरी सत्य फेरि उही पोखरीमा फर्केर पानीभित्र लाज लुकाउन सदाको निम्ति गायब भई। अनि त्यसबेला देखि नै झुट सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । दुनियाँले चाहेको आवरणमा ढाकिएको उसलाई  सबैले मन पराएका छन् । नग्न सत्यको रुपलाई दुनियाँ भरको समाजले...

किताब पढ्नुका फाइदा

Image
 #किताब पढ्नुको १७ फाइदा।। जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः १. गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् ! २. बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ ! ३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ ! ४. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ ! ५. कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ ! ६. आमा-बुबाको मूल्य बुझिन्छ ! ७. ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् ! ८. सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ ! ९. प्रेम र काम बासनाको अन्तर बुझिन्छ ! १०. स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ ! ११. यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन ! ११. जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद...

लुकाइ राखेका हतियार…?

Image
 ➡️लुकाइएको हतियार… 🔥 🖋️✏️📝देवप्रकाश त्रिपाठी (लेखक-तुषानल)  बाह्रबुँदे सम्झौता र आन्दोलन हुँदै राजालाई पछि हट्न बाध्य गराएर २०६३ सालमा माओवादीलाई 'वैधानिक' राजनीतिक गतिविधिमा सामेल गराइसकेपछि पनि प्रचण्ड आफूसँग भएको हतियार सबै राज्यलाई बुझाउन चाहँदैनथे, उनी केही राम्रा हतियारहरू लुकाएर सम्पूर्ण हतियार बुझाएको सन्देश दिन चाहन्थे। तथापि आफूले सबै हतियार बुझाउन चाहेको जानकारी गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले गराएका थिए । तर, माओवादीसँग भएका सम्पूर्ण हतियार नबुझाइयोस् भन्ने भनाइ गिरिजाको पनि रह्यो, जुन प्रचण्ड आफै पनि चाहन्थे । राजा र सेनाबाट कुनै पनि बेला खतरा पैदा हुने आशङ्का र त्रास गिरिजामा थियो। त्यसैले प्रचण्डलाई उनले सबै हतियार नबुझाउन र केही थान राम्रा हतियार आफैँसँग लुकाएर राख्न सुझाव दिएका थिए। आफ्नो इच्छा र योजनाअनुरूपकै सुझाव गिरिजाबाट पाएर प्रचण्ड निकै खुशी बनेका थिए ।  नेपालमा संयुक्त राष्ट्रसङ्घ (अनमिन) को प्रवेश हुनुअघि नै हतियार थन्क्याउन भारतले कन्टेनरहरू उपलब्ध गराएको थियो । अनमिन (UNMIN) को आगमनपछि भारतले उपलब्ध गराएको कन्टेनरमा उसले ट्याग लगाएर सिलबन...

व्यवस्था फेरियो अवस्था फेरिएन…???

Image
 ➡️एक प्रतिनिधि घटना↕️ एक समय थियो:- "कि मिलिशिया कि मलेसिया" पूर्व-मिलिशिया सन्दीप घर्ती भने मलेसिया पुग्न सकेका छैनन्। माओवादी अभियानमा मिलिशिया भने बने । उनी जीविकोपार्जनका लागि कहिले खोटो निकाल्न काला पहाड पुग्छन् त, कहिले यार्सा टिप्न सेता पहाड-हिमालय पुग्छन् यति गर्दा घरको छानो फेर्ने मेसो मिलेको छैन । सरकारले फुसको छानो विस्तापन गर्ने कार्यक्रम पनि संचालन गरिरहेको छ । जस्तापाता पनि वितरण भइरहेकै छ । तर त्यो कार्यक्रमले अझै उनलाई छोएको छैन, शायद उनी नेताको पटक-पटक परिक्रमा गर्न सक्दैनन् वा पहुँच पुग्दैन । तैपनि एक पटक आफ्नो गुनासो सरकारलाई भेटेरै सुनाए तर सरकारबाट अहिले तत्कालै टिन दिन नसकिने तर असोजसम्म पक्का टिन पाउने आश्वासन पाएकापछी मुसुक्क मुस्कुराएका थिए तर ५ वर्ष बितिसक्दा पनि त्यो असोज अझै आइ पुगेन ! हजुरहरुको त प्रत्येक वर्ष नै आउँछ नि है असोज उहाँलाई असोज कहिले आउला ? शायद  असोज आउला र सरकारले दिएको टिन लाउला भनेर मीठो आशा पाल्दै कुनै एकान्त सुनसान पहाडमा खोटे सल्लाका बोटलाई मुसार्दै हुनु होला सन्दीप दाइ(पूर्व-मिलिशिया)…। यहि प्रसंगमा निभा शाह एउटा सिर्जना याद...