सत्य र झुट…?

 सत्य र झुट


उहिल्यै उहिल्यैको कुरो हो । एक दिन सत्य र झुटको  भेट भयो । झुटले सत्यलाई भन्यो: "आज बढो रमाइलो घमाइलो दिन छ, सँगै खेलौँ !" हुन पनि दिन अद्भुत नै थियो । दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे । झुटले सत्यलाई फकायो, "उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।" दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र  डुबुल्की मारे । केही बेर इनारमा  नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर भेट्टाइन । बरु नाङ्गै हिँडेकी सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । बिचरी सत्य फेरि उही पोखरीमा फर्केर पानीभित्र लाज लुकाउन सदाको निम्ति गायब भई। अनि त्यसबेला देखि नै झुट सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । दुनियाँले चाहेको आवरणमा ढाकिएको उसलाई  सबैले मन पराएका छन् । नग्न सत्यको रुपलाई दुनियाँ भरको समाजले स्विकार्न चाहेको छैन । त्यसैले नग्न सत्य गायब छे, लुकी राखेकी छे ।

  

(फ्रान्सेली चित्र कलाकार  Jean-Léon Gérôme को "Truth Coming Out of Her Well" बाट)



साभार : सामाजिक सञ्जालबाट 

Comments

Popular posts from this blog

वीर शहिदहरु अमर रहुन् 💐

-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …