अदालत र दलिय राजनीति …
दोष चोलेन्द्र समशेरको भन्दा , दलहरू,राज्य संयन्त्र र संविधानको हो
📝केशव प्रसाद भट्टराई
हिम्मत भए तलको तथ्यलाई गलत सावित गर्नुहोस I
*****
*****
१. सवाल चोलेन्द्र समशेरको हुँदै होइन,
सुशीला कार्कीलाई महाभियोग लगाउनु भयो, उनको अवकाश प्रिय र सम्मानजनक रहेन I
त्यसपछि दीपकराज जोशी र गोपाल पराजुलीलाई पनि अपमानजनक ढङ्गमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशबाट हटाउनु भयो !
राजनीतिक असभ्यता प्रदर्शन गर्नुभयो !
अहिले चोलेन्द्र समशेर !
लगातार सर्वोच्च अदालतका चार जना प्रधान न्यायाधीशहरुको अपमानजनक वहिर्गमन !
राष्ट्रको र न्यायपालिकाको यो भन्दा ठूलो अपमान अर्को केही हुन्छ ?
*****
मध्यरातसम्म कुनै पार्टीका नेता, प्रधान न्यायाधीशको निवाशमा बसेर. नियुक्त हुने न्यायाधीशहरूको अन्तिम सूची तयार गरेर बाहिरिएका खवर मिडियामा आएकै हुन् I
न्यायाधीश नियुक्त गर्ने संरचनामा कानुन मन्त्री भैसकेपछि फेरी प्रधानमन्त्रीको प्रतिनिधि किन चाहिने ?
राजनीतिक दललाई प्रतिनिधित्व गर्ने बार एसोसिएसनको प्रतिनिधि चाहिन्छ ?
*****
२. न्यायाधीशहरूको नियुक्ति र बर्खासी लगायतका काम गर्ने पाँच जनाको परिषदमा वहुमत अर्थात् तीन जना प्रतक्ष राजनीतिक दल सम्बद्ध रहने भएपछि त्यो निकायले योग्य, इमान्दार र निष्पक्ष न्यायाधीशहरू नियुक्त गर्न सक्दछ ?
त्यस्तो नियुक्ति हुन नदिने राज्य संयन्त्र छ ?
अनेकौँ स्वच्छ छविका योग्य र इमान्दार न्यायाधीशहरूलाई सर्वोच्च सम्म आउन नै नदिने सिन्डिकेट छ !
कतिपय होनहार न्यायाधीशहरूलाई वर्षौँ सम्म अस्थायी नै राखेर सर्वोच्च बाट उमेरका कारण अवकाश दिने दल, बार र अदालतको सिन्डिकेटले गरेको अपराध कम छ ?
*****
म साधारण मानिस, मलाई धेरैकुरो थाहा छैन --
३. तर यी तीन उदाहरण हेरौँ -
३. १. तर राजा महेन्द्रको पालामा उनका ससुराले कुनै सम्पत्ति सम्बन्धी मुद्दा हारे !
३. २. वीपी कोइराला र गणेशमान विरुद्ध आठ वटा राजद्रोह, राष्ट्रद्रोह र आतंक मच्चाएका जस्ता मुद्दाहरू , स्वयम् राजा माथि ग्रिनेड प्रहारद्वारा हत्या प्रयास, विमान अपहरण, ओखलढुंगा काण्ड !
सर्वोच्च अदालतले बारम्बार त्यस्ता राजनीतिक मुद्दामा सरकारलाई हराइरहेको परिवेशले पनि कतै काम गरे नगरेको तर न्यायाधीश जनकमान श्रेष्ठको एक सदस्यीय विशेष अदालत गठन गरियो I
न्यायाधीश श्रेष्ठ कम्युनिस्ट विचारधाराका थिए I
काठमाडौँका प्रथम मेयर थिए I
मातृका सारकारले उनलाई मेयरबाट बर्खास्त मात्रै गरेन गिरफ्तार समेत गर्यो !
कम्युनिस्ट पृष्ठभूमिको भएको र काङ्ग्रेस प्रति कडा पूर्वाग्रह राख्ने भएका कारण मकवानपुर जिल्ला अदालतमा कार्यरत रहेका उनलाई वीपी र गणेशमानको मुद्दा हेर्ने विशेष अदालतमा ल्याइयो I
कसले सोचेको थियो वीपी र गणेशमान विरूद्ध मृत्यु दण्ड, सर्वस्व हरण र आजीवन करावाश हुने फैसला नआउलान् भनेर ?
नत्र मकवानपुरमा कार्यरत उनलाई किन ल्याइन्थ्यो ?
उपत्यकामै थिए -एक से एक !
तर तिनै जनकमानले वीपी र गणेशमानलाई सवै मुद्दामा सफाई दिए I
*****
३. ३. २०६१ साल माघ १९ गते राजाले सवै अधिकार आफ्नो हातमा लिएर प्रतक्ष शासन आरम्भ गरेपछि पूर्व प्रशासक भक्त बहादुर कोइरालाको नेतृत्वमा अधिकारसम्पन्न भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन भयो I
जो कसैलाई जुन सुकै समयमा गिरफ्तार गरेर कारवाही गर्न गराउन सक्ने, राजा पछिको दोस्रो शक्तिशाली व्यक्ति थिए --भक्तबहादुर कोइराला I
त्यस्ता व्यक्तिको नेतृत्वको राजाकै पहिचान बोकेको शाही शव्द समेत जोडिएको आयोगलाई सर्वोच्च अदालतले गैर संबैधानिक भनेर खारेज गरिदियो I
दलहरूले गुड्डी हाक्नै पर्दैन राजा ज्ञानेन्द्रको प्रतक्ष शासनलाई पहिलो ठूलो धक्का नै सर्वोच्च अदालतको त्यो फैसला थियो I
त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राजालाई अप्ठेरो परिवेश निर्माण गरिदिएको थियो I
*****
४. त्यो हो सर्वोच्च अदालत !
त्यो हो नेपालको न्याय परम्परा !
अहिले त दलहरू र बारको सिण्डिकेटको भ्रष्ट स्वार्थमा छिसिक्क तल माथि भयो त्यस्तो सम्भावना देखियो कि महाभियोग !
वा अयोग्य !
नेपालको त्यो न्यायपालिका त्यो सर्वोच्च अदालत आज चोलेन्द्र समशेर एक जनाको कारणले यस्तो भयो ?
लाज लाग्दैन यी कथित नेताहरूलाई ?
*****
५. न्यायिक क्षेत्रमा विचलन आएको छ भने त्यो राजनीतिक दलहरूका कारण आएको छ I
भ्रष्टाचार दलहरूका कारण भएको छ, तिनको आपराधिक हस्त्क्षेपको कारण
अपराध भएको छ भने दलहरूले गरेका छन् I
दलहरूले बोकेका बारले गरेका छन् I
न्यायाधीशको नियुक्ति पाउन दलहरुका नेता र शक्तिकेन्द्र धाउने वकिलहरूले गरेका छन् I
चोलेन्द्र पनि योग्यता, क्षमता र इमान्दारिताको बलमा नभएर त्यही बाटो आएका हुन् ,
उनलाई तोकिएकोकाम गर्ने गरी कबुल गराएर ल्याइएको हो !
*****
६. त्यसैले दोषी उनी मात्रै कि त्यसरी ल्याउने पनि ?
राज्यले त्यसको छानवीन नगरेपनि हुने?
एउटालाई बलीको बोको बनाए पछि पुग्यो ?
सारा समस्या समाधान भयो ?
मेरो प्रश्न त्यत्ति हो !
*****
७. उनी स्वच्छ, इमान्दार र सक्षम नहोलान् किनकि मुलुकलाई योग्य, इमान्दार र सक्षम न्यायाधीश दिने लक्ष र प्राथमिकता न दलहरूको , न राज्य संयन्त्रको न संविधानको !
यो मामिलामा संविधान नै खोटो छ !
दोषी छ !
यो विधि र संरचनामा जो आए पनि चोलेन्द्र नै बन्ने हुन् !
चोलेन्द्र बनाउन नै ल्याइने हुन् !
चोलेन्द्र बन्न नसक्नेहरूलाई सरकार,दल, बार र सर्वोच्च भित्रको सिन्डिकेटले आउनै दिँदैन , ती जिल्ला तहबाट नै अवकाश हुन वाध्य बन्दछन् !
संविधान सच्याउने कार्य त हुँदै जाला यो संविधान आए पछि न्याय परिषद्का सदस्य -अध्यक्ष भएका, संवैधानिक आयोगका अध्यक्ष र सदस्य बनेका सवैको न्यायपालिका सम्बन्धी भूमिकाको छानवीन गर्ने गराउने र दोष किटान गर्ने सर्वशक्तिमान संयन्त्र बन्न सक्छ भने मात्रै चोलेन्द्र समशेर माथिको महाभियोगको औचित्य बुझ्न सकिन्छ I
नत्र यो राजनीतिक स्टन्टबाजी बाहेक केही होइन !
Comments
Post a Comment