Posts

सकारात्मक परिणामका लागि निरन्तर प्रयास जारी राखौं। 🙏 हिम्मत नहारौँ।

Image
 हिम्मत नहारौँ🙏🙏🙏 * जब काम बिग्रन्छ, * त्यस्तो कहिलेकाहीँ हुने गर्छ, * जब आफूले हिँड्ने बाटो उकालो मात्रै देखिन्छ * जब पैसा कम र ऋण धेरै हुन्छ * तपाईं हाँस्न चाहनुहुन्छ तर तपाईं खुइय्य गर्नुहुन्छ * जब चिन्ताले तपाईंलाई सताइरहेको छ भने * एकदिन आराम लिनुहोस् तर हिम्मत नहार्नुहोस् * जीवन उथलपुथलले गर्दा अद्भुत छ * यो कुरा हामी सबैले कुनै समयमा भोगेका छौं * र, धेरै असफलताहरु आए पनि * नरोकिइकन निरन्तर अघि बढ्नुहोस्, जित तपाईंकै हुनेछ * गति सुस्त भए पनि संघर्ष न त्याग्नुहोस् * तपाईं अर्को प्रयासमा सफल हुनसक्नु हुन्छ । * असफलतामै सफलता लुकेको छ * कालो बादलमा चाँदीको घेरा (आशा) रहेको हुन्छ । * तपाईं सफलताको कति नजिक हुनुहुन्छ भन्न सक्नुहुन्न * यो नजिकै हुनसक्छ हेर्दा टाढा देखिए पनि  * जतिसुकै ठूलो कठिनता भए पनि आफ्नो उद्देश्यमा लागिरहन * सबै वस्तुहरु खराब देखिए पनि तपाई हिम्मत नहार्नुहोस् । महान् भायोलिनबादक फ्रिट्ज किस्लरलाई एकपटक कसैले कसरी यति राम्रो बजाउनुहुन्छ ?" "के तपाई भाग्यमानी हो ?" उनले भने यो अभ्यासको फल हो । यदि मैले एक महिनासम्म अभ्यास गरिनँ भने श्रोता अथवा दर्श...

लोकप्रिय प्रशासक

Image
 गोकर्ण उपाध्याय नागरिकका बीचमा परिचीत तथा लोकप्रिय प्रमुख जिल्ला अधिकारीको नाम हो। अहिले उहाँ अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनु हुन्छ। उहाँको एउटा यात्रा अनुभुती यहाँ प्रस्तुत गरिएको छ। उहाँको आफ्नो फेसबुक पेजमा यस्तो यात्रा अनुभुती(संस्मरण) यसरी सुरु गर्नु हुन्छ:- शक्तिको इच्छाशक्ति  ........................ शक्ति शाहीको इच्छाशक्ति मान्नैपर्छ । सिडिओ आफ्नो घरको बाटो २ घण्टा उकालो हिडेर बिदाको दिन (माघ ३० गते) नागरिकता बाड्न भुलु गए भन्ने थाहा पाएपछि सिडिओ फर्किदा आफ्नो घोडामाथि राखेर दैलेखपट्टि साङ्गेतडाको उकालो चढाईदिने सोच लिएर पर्खाईमा बसेछन् । सिडिओ फर्किने एउटै बाटो थियो झोलुङ्गे पुलको । घोडा 'रेडी' । मभन्दा पहिले तल झर्ने सशस्त्र डिएसपी सापसँग गफिदै थिए । म आईपुगे । भन्दै थिए "सिडिओ सापलाई बिहानै पु¥याई दिन्थे तर घरमै भएन । सिडिओ सापले मेरी बुहारीलाई बाटोको बारेमा सोध्नुभएछ । मेरै घरमा आउँदा समेत म घरमा भएन । निकै पश्चातापमा थिएँ । लिन उतै पनि जान्थेँ तर यस्तो ठाडो ओरालोमा घोडाले लडाउला भन्ने डर लाग्यो । अब पारी पु¥याई दिन्छु ।" मैले भने पर्दैन, यत्रो उ...

विश्व रेडियो दिवस

Image
 आज दशौं विश्व रेडियो दिवस। नेपालमा पनि "नयाँ विश्व,नयाँ रेडियो" भन्ने नारा सहित विश्व रेडियो दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.सं.२००३ सालमा रेडियोको प्रसारण सुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ। अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९०० हाराहारी छ। नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७०० भन्दा बढी छ। नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो। विभिन्न सञ्चार माध्यमको विकास भए पनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ। नेपालमा विभिन्न परिवर्तनका आन्दोलन र नागरिक चेतना अभिवृद्धि गर्न रेडियोले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन्। युनेस्कोको ३६ औँ महासभाले फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरयो।सन 1951 April 2 मा रेडियोनेपालक...

वीर शहिदहरु अमर रहुन् 💐

Image
 "हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपुत मरेर नगए"-भुपी शेरचन  आज माघ १६ सहिद दिवस। नेपालमा माघ १० देखि माघ १६ गतेसम्म सहिद सप्ताहका रूपमा मनाइन्छ। नेपालमा विभिन्न समयमा संचालित परिवर्तनको आन्दोलनमा ज्ञात अज्ञात हजारौं शहिदको बलिदान रहेको छ। सहिदको बलिदानीबाट नै आज हामीले स्वतन्त्रता,समानता र सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा आफ्ना अधिकार उपभोग गर्न पाएका छौँ। नेपालको प्रथम शहिदका रूपमा लखन थापालाई मानिन्छ। राणाहरुको विरुद्धमा आवाज उठाएकाले थापालाई वि.सं.१९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै झुन्ड्याएर मारिएको थियो।  तर राणा विरुद्ध आन्दोलन भने रोकिएन भित्रा-भित्रै चली नै रह्यो। सोही राणा विरोधी आन्दोलनका क्रममा वि.सं.१९९७ मा फेरि ४ नेपाली सपुतले आफ्नो ज्यानको आहुती दिए। तिनै ४ सहिदका बारे  संक्षिप्त विवरण तल प्रस्तुत गरिएको छ। नेपालका ४ सहिदहरूको संक्षिप्त विवरण:- सहिदको नाम- मृत्युदण्ड १-शुक्रराज शास्त्री (१९५०)  मृत्युदण्ड दिइएको मिति-१९९७ माघ १० मृत्युदण्डको तरिका:- टेकुपचलीस्थित खरीको बोटमा झुन्ड्याइएको २-धर्मभक्त माथेमा (१...

पृथ्वीनारायण शाह कालिन अड्डाहरु…

Image
 नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्वदायी प्रमुख भुमिका रहेको छ। आजको एकीकृत नेपाल निर्माणमा पृथ्वीनारायण शाहको प्रमुख भुमिका रहेको छ। पृथ्वीनारायण शाहको पालामा सरकारी कामलाई व्यवस्थित गर्नका लागि विभिन्न अड्डाहरुको गठन गरिएको थियो। जसमध्ये केहि प्रमुख अड्डाहरुका बारे तल उल्लेख गरिएको छ:- १) मुन्सीखाना- परराष्ट्र सम्बन्धि काम गर्ने अड्डा  २) जैसी कोठा- तिब्बत हेर्ने अड्डा(मुन्सीखानाकै एक इकाई) ३) कोत भण्डार- दरबारलाई आवश्यक पर्ने सामान व्यवस्था गर्ने अड्डा  ४) कुमारी चोक- आम्दानी र खर्चको हिसाब जाँच्ने अड्डा  कृपया, थप जानकारी भए कमेन्टमा उल्लेख गर्नु होला 🙏 पृथ्वीनारायण शाह वि.सं: १८२५ असोज १३ गते(राजा भएको दिन) कान्तिपुरको राजगद्दीमा बसेका थिए। उनले वि.सं: १८३१ माघ १ गते नुवाकोटको देविघाटमा बसेर "दिव्योपदेश" दिएका थिए।

पुस्तान्तरण(Generation gap)

Image
 एउटा बच्चाले आफ्नो बाऊलाई सोध्छ : तपाईहरू के गरी बस्नु हुन्थ्यो, जत्तिखेर : - न प्रविधिमा पहूँच थियो, - न इन्टरनेट थियो, - न कम्प्युटर थियो, - न टेलिभिजन थिए, - न एयर कण्डिशन थियो, - न कार थिए, - न मोबाइल फोनहरू थिए । बाउले_उत्तर_दिन्छन् :  "जसरी तिम्रो पुस्ता आज बाँचेको छ" : - न प्रार्थना छ,न भाव  - न दया/न करूणा छ, - न इज्जत/सम्मान छ, - न चरित्र छ, न चेतना - न लाज छ, न सरम - न कुनै विनयशीलता छ, - न समय-पालना छ, - न खेलकूद छ,न मनोरञ्जन  - न भरपर्दा साथीसंगी छ्न् (मात्र फेस्बुके साथी)। सन् १९४० देखि १९९० को विचमा जन्मिने हामी त साँच्चिक्कै भाग्यमानी छौँ । हाम्रो जीन्दगी त्यसको ज्वलन्त प्रमाण हो : 👉 खेल्दा र साइकल चलाउँदा हामीले कहिल्यै हेलमेट लगाएनौँ । 👉 हामीले स्कूलपछि साँझ परुञ्जेल खेल्यौँ, टिभि कहिल्यै हेरेनौँ । 👉 हामी साँच्चैका साथीसङ्ग खेल्यौँ, इन्टरनेटका साथीसङ्ग होइन । 👉 तिर्खा लागे धाराको पानी सोझै पियौँ, बोतलको होइन । 👉 दैनिक एक-एक थाल भात खाए पनि हाम्रो तौल कहिल्यै बढेन । 👉 खाली खुट्टा डुलेपनि हाम्रा पैतलामा केही भएन । 👉हाम्रा बाउ-आमाले हामीलाई स्वस...

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …

Image
 के तपाईलाई transcript निकाल्न काठमाडौ जानुपर्नेछ?  वा  विभिन्न आयोग र कोर्षका गुणस्तरीय पुस्तकको खोजीमा हुनुहुन्छ? अब चिन्ता नगर्नुहोस्… मात्र हामीलाई सम्पर्क गर्नुहोस्।