विश्व रेडियो दिवस

 आज दशौं विश्व रेडियो दिवस। नेपालमा पनि "नयाँ विश्व,नयाँ रेडियो" भन्ने नारा सहित विश्व रेडियो दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।



नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.सं.२००३ सालमा रेडियोको प्रसारण सुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ। अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९०० हाराहारी छ। नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७०० भन्दा बढी छ।


नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो। विभिन्न सञ्चार माध्यमको विकास भए पनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।

नेपालमा विभिन्न परिवर्तनका आन्दोलन र नागरिक चेतना अभिवृद्धि गर्न रेडियोले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन्।



युनेस्कोको ३६ औँ महासभाले फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरयो।सन 1951 April 2 मा रेडियोनेपालको स्थापनापछिअहिलेसम्म नेपालमा सातसय रेडियो प्रशारणमा छन्।90%भन्दा बढी जनतामाझ रेडियो पुगेको छ भने रेडियो आवाज बिहीनहरूको आवाज भएको छ। रेडियो दिवसको शुभकामना 💐💐💐




नारा-"नयाँ विश्व,नयाँ रेडियो"

Comments

Popular posts from this blog

वीर शहिदहरु अमर रहुन् 💐

-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …