सकारात्मक परिणामका लागि निरन्तर प्रयास जारी राखौं। 🙏 हिम्मत नहारौँ।

 हिम्मत नहारौँ🙏🙏🙏

* जब काम बिग्रन्छ,

* त्यस्तो कहिलेकाहीँ हुने गर्छ,

* जब आफूले हिँड्ने बाटो उकालो मात्रै देखिन्छ

* जब पैसा कम र ऋण धेरै हुन्छ

* तपाईं हाँस्न चाहनुहुन्छ तर तपाईं खुइय्य गर्नुहुन्छ

* जब चिन्ताले तपाईंलाई सताइरहेको छ भने

* एकदिन आराम लिनुहोस् तर हिम्मत नहार्नुहोस्

* जीवन उथलपुथलले गर्दा अद्भुत छ

* यो कुरा हामी सबैले कुनै समयमा भोगेका छौं

* र, धेरै असफलताहरु आए पनि

* नरोकिइकन निरन्तर अघि बढ्नुहोस्, जित तपाईंकै हुनेछ

* गति सुस्त भए पनि संघर्ष न त्याग्नुहोस्

* तपाईं अर्को प्रयासमा सफल हुनसक्नु हुन्छ ।

* असफलतामै सफलता लुकेको छ

* कालो बादलमा चाँदीको घेरा (आशा) रहेको हुन्छ ।

* तपाईं सफलताको कति नजिक हुनुहुन्छ भन्न सक्नुहुन्न

* यो नजिकै हुनसक्छ हेर्दा टाढा देखिए पनि 

* जतिसुकै ठूलो कठिनता भए पनि आफ्नो उद्देश्यमा लागिरहन

* सबै वस्तुहरु खराब देखिए पनि तपाई हिम्मत नहार्नुहोस् ।

महान् भायोलिनबादक फ्रिट्ज किस्लरलाई एकपटक कसैले

कसरी यति राम्रो बजाउनुहुन्छ ?" "के तपाई भाग्यमानी हो ?" उनले भने यो अभ्यासको फल हो । यदि मैले एक महिनासम्म अभ्यास गरिनँ भने श्रोता अथवा दर्शकले पहिला भन्दा फरक वा नराम्रो छ भन्न सक्छन् । यदि मैले १ हप्ता अभ्यास गरिन भने मेरी श्रीमतीले नराम्रो छ भन्ने छिन्। यदि मैले १ दिन अभ्यास गरिन भने आफैँ नराम्रो भइरहेको भन्ने थाहा पाउँछु।"

              हामीले जीवनमा जीत्छौँ या सिक्छौँ। त्यसैले जीवनमा कहिले पनि हार नमानौँ। सकारात्मक परिणामका लागि निरन्तर प्रयास जारी राखौं 🙏🙏🙏

🙏🙏🙏 माथि उल्लेखित अंश शिव खेडाको "तपाइँको जीत"पुस्तकबाट लिइएको हो।

Comments

Popular posts from this blog

वीर शहिदहरु अमर रहुन् 💐

-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …