Posts

तिम्रा लागि श्रमिक नाफा कमाउने साधन मात्रै हुन् ?

Image
  पुजीवादले श्रमिकलाई मेसिन जसरी प्रयोग गर्दछ, न्यून ज्याला दिन्छ र अतिरिक्त नाफा कमाइ रहन्छ जसका कारण पुजीको असमान वितरण हुन पुग्दछ। तर मेसिनलाई पनि समय समयमा मर्मत सम्भारको आवश्यकता हुन्छ तर यो घटनामा सामान्य मानवीय व्यबहार पनि गरिएको छैन। के हामीले तेजावमा धकेलेको हो र?हामी उपचार गर्न सक्दैनौँ भन्छ?दिव्या रोजिन & टर्पेन्टाइन। विगत ३ वर्षदेखि खोटो संकलन गरेको आफ्नो कामदार अस्पताल पठाउनुको साटो सामान्य मानवीय व्यबहार पनि नगरेर घर फिर्ता पठाउछ। स्मरण रहोस्- #LockDown अवधिमै कामदारलाई घरबाट कार्यक्षेत्र बझाङ पुर्‍याएको थियो। रोल्पा जिल्ला सुनिलस्मृती गाउँपालिका १ घोडागाउँ तुसारपानी निवासी दिल ब.पुन खोटो संकलनका लागि बझाङ गएको थिए। तर कार्यक्षेत्रमा बझाङमै दुर्घटनामा परेर हाल बिचल्लीमा परेका छन्। मिति २०७७ कार्तिक २३ गते राति आफू बाँस बसिरहेको ठाउँबाट राति पिसाब गएर फर्कने बेला लडेर तेजाव राखेको भाडोमा परे पछी शरीरको अधिकांश भाग जलेको छ। तर यस्तो बेला कम्पनीले उपचार गर्नुको साटो घर पठाएको छ। सामान्य मानवीय नाताले गरिने व्यबहार पनि गरेको छैन। उपचार गरि दिन पटक-पटक विभिन्न माध्यमबा...

चर्चामा ने.क.पा. विवाद

Image
  स्थायी सरकार र समृद्धिको नारा सहित एमाले र माओवादी एकतामा जोडिन पुगेका थिए। तर पछिल्लो समय भने विभिन्न बाहना र स्वार्थको द्वन्द्वले गर्दा ने.क.पा. भित्र विवाद चुलिदो क्रममा छ। यसै सन्दर्भमा ने.क.पा. का युवा नेता तथा राष्ट्रिय युवा परिषद्कका कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेल सामाजिक संजाल फेसबुकमा सक्रिय देखिनु भएको छ। ढुङ्गेलले फेसबुकमा यस्तो पोष्ट गर्नु भएको छ:- सन्दर्भ नेकपा विवाद: १". मार्सवाद लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्तमा सहमत भएर प्रकारान्तरले नाम जे राखे पनि जनताको वहुदलीय जनवादका आधारभूत मान्यतालाई स्वीकार गरेर यो पार्टी एकता भएको हो ।  २. विगतमा नेकपा एमालेले विकास गरेको सांगठनिक पद्धति, लोकतान्त्रिक संस्कृति र व्यवस्थापनको वलमा लिएको उचाई र लोकपृयता अनि माओवादीले विकास गरेको परिवर्तनमुखी धारको फ्युजन गराई कम्युनिस्ट आन्दोलनलाई एकतावद्द र संगठीत गरि ५ वर्षे स्थायी सरकार मार्फत "सुखी नेपाली र सममृद्द नेपाल" वनाउने स्वर्णिम सपना पूरा गर्न यो पार्टी एकता गरिएको हो ।  ३. सरकार र पार्टी सँगसँगै योजना वद्द अगाडि वढ्न सक्दा मात्र सरकार र पार्टीको लोकपृयता वढ्...

ने.क.पा. फुटको नजिक पुगेकै हो त…? महासचिव देखि विभिन्न विद्वानको ने.क.पा विवादमा टिप्पणी

Image
 नेकपा विवाद विगत केहि महिना देखि अखबारका मुख्य हेडलाईन बनी रहेकै छ। नेकपा विवादमा सरकार र पार्टीको काम,राजदुत नियुक्ति,अध्यादेश,मन्त्री हेरफेर,ओम्नी,७०करोड,गर्दै पछिल्लोपटक कर्णाली प्रदेशको विवाद र रअ प्रमुख सामन्त गोयलसँगको भेट विवाद तथा चर्चाको केन्दमै छन् । यसै सन्दर्भमा आज दिउँसो  नेकपा महासचिव विष्णु प्रसाद पौडेलले सामाजिक संजालमा पार्टीको विवाद बारे पोष्ट गरेका छन्। Facebook र Twitter मा विष्णु पौडेलले यस्तो लेख्नुभएको छ हेर्नुस्। यस्तै राजनीतिक विश्लेषक/पत्रकार कुमार शाहले पनि नेकपा विवाद र कर्णाली प्रदेशको विवादलाई लक्षित गरि गर्नुभएको छ। कुमार शाहलाई माओवादी आन्दोलनका क्रममा एउटा शालीन नेताका रूपमा लिइन्थ्यो। हाल उहाँ स्वतन्त्र पत्रकार तथा राजनीति विश्लेषकका रूपमा क्रियाशिल हुनु हुन्छ। नेकपा विवादलाई लक्षित गरि कुमार शाहले Facebook मा यस्तो टिप्पणी गर्नु भएको छ:- (हेर्नुस् तल) अर्का राजनीति विश्लेषक भरत दाहालले पनि नेकपा महासचिव विष्णु पौडेलको Facebook पोष्ट पछी लामो टिप्पणी Facebook मा सार्बजनिक गर्नु भएको छ:-(तल हेर्नुस्) अर्का नेकपा नेता विष्णु रिजाल नेकपा विवाद ग...

दशैको साइत कतिबेला…? अनि चिकित्सकहरु के भन्छन् त…?

Image
सर्वप्रथम सम्पूर्णमा बडा दशै २०७७ को शुभकामना।।। हामी धेरै दशैको टीका लगाउनका लागि साइतको पर्खाइमा हुन्छौँ। यही कुरालाई मध्यनजर गरेर अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस्तो निर्णय गरेको छ। साथै यो कोरोना(Covid19) महामारीलाई मध्यनजर गर्दै चिकित्सकहरुले पनि सावधानीका उपायहरु सिफारिस गरेका छन्। चिकित्सकहरुको अनुरोध यस प्रकार छन्:-

Conflict management & peace process challenges in Nepal.

Image
  The 10-year armed people's war has an important place in the political history of Nepal.  There is still debate in Nepali society about the positive and negative effects of armed people's war.  In an interview some time ago, the supremo had expressed his intention to bear the entire burden of the dispersal of his comrades during the People's War.  No, now the word supremo is not appropriate. The executive chairman or chairman number 2 seems to be more relevant for a while.  In any case, as the then supremo, he has the main responsibility to bring the peace process to an end.  Truth and reconciliation play an important role in conflict management.  But in the case of Nepal, there has not been much effective work in the field of truth-telling and reconciliation.  The Truth and Reconciliation Commission has not been able to work as per the expectations of the people.  In the context of Nepal, when it comes to conflict management, the families ...

सुप्रीमोलाई नागरिक प्रश्न…!

Image
  नेपालको राजनीति इतिहासमा १० वर्षे सशस्त्र जनयुद्धको महत्त्वपूर्ण स्थान रहेकोे छ। नेपाली समाजमा सशस्त्र जनयुद्धको सकारात्मक र नकारात्मक प्रभाव बारे बहस कायमै छ। जनयुद्धका बेला भारतीय विस्तारवाद विरुद्ध लड्न खनिएको सुरुङ्ग घोडागाउँ रोल्पा । केहि समय अघि एउटा अन्तर्वार्तामा जनयुद्धकालिन साथीहरू तितरबितर भएकाले त्यसको सम्पुर्ण बोझ आफुले बोक्नु परेको आसयको अभिव्यक्ति सुप्रीमोले दिनु भएको थियो। हैन अहिले त यो सुप्रीमो शब्द अलि सुहाउँदो रहेनछ त्यो भन्दा त कार्यकारी अध्यक्ष वा २ नम्बर अध्यक्ष अलि समय सान्दर्भिक लाग्दो रहेछ। जे भए पनि तत्कालीन सुप्रीमोको हैसियतले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने प्रमुख जिम्मेवारी उहाँकै हो। द्वन्द व्यवस्थापनमा सत्य निरुपण र मेलमिलापको महत्त्वपूर्ण स्थान रहेको हुन्छ। तर नेपालको सन्दर्भमा भने सत्य निरुपण र मेलमिलापको क्षेत्रमा खासै प्रभावकारी काम हुन सकिरहेको छैन। सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि नागरिकको अपेक्षा अनुरुप काम गर्न सकिरहेको छैन। नेपालको सन्दर्भमा द्वन्द व्यवस्थापनको कुरा आउदा शहिद तथा बेपत्ता परिवार,घाइते,अपांगहरुको कुरा पनि सँगसँगै आउँछ...

सार्वजनिक शिक्षामा राज्यको लगानी

Image
-नारायण के.सी पोख्रेल कोरोना(covid19)ले विश्वव्यापी महामारीको रुप लिइसकेको छ। जसका कारण अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि प्रभावित भएको छ। शिक्षा क्षेत्र प्रभावित भए पछी विद्यालय तह देखि विश्वविद्यालय तहसम्मको नियमित पठनपाठन प्रक्रिया अवरुद्ध भएको छ। सरकारले सिकाइ सहजीकरण प्रक्रिया अगाडि बढाउनका लागि विभिन्न प्रयास पनि अगाडि बढाइरहेको छ जस्तै-वैकल्पिक विधिको प्रयोग। तर ती सबै प्रयासहरु खासै प्रभावकारी हुन सकिरहेका छैनन्। शैक्षिक वर्ष नै खेर जाने हो कि भन्ने चिन्ता पनि बढ्दो छ। यसै सन्दर्भमा सरकारले पाठ्यक्रम संशोधन गरेको छ। शैक्षिक वर्ष खेर जान नदिन विज्ञहरुसँग परामर्श जारी छ। अब विद्यालय संचालन गर्ने,नगर्ने भन्ने विषयमा निर्णय स्थानीय सरकारले गर्न सक्नेछन्। कुनै स्थानीय सरकारले विद्यालय संचालन गरिसके भने केहि पर्ख र हेरको अवस्थामा छन्। कोरोना(Covid19)को संक्रमण भने कायमै छ। यस्तो परिस्थितिमा सिकाइ प्रक्रिया कसरी अगाडि बढाउने त? आज हामी यसै सन्दर्भमा यो लेख मार्फत बहस तथा छलफललाई सुरुवात गर्दैछौँ। यो विषम परिस्थितिमा शिक्षा मन्त्री ज्यु र मन्त्रालयले विद्यार्थीहरुको सिकाइमा प्रविधि...