Posts

दर्शन भनेको के हो ?

Image
 ©- मोहन वैद्य  सामान्य   परिचय दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक बस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउँने गर्दछ । वर्ग–समाजमा दर्शन पनि वर्गिय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीबीहरुको पक्षमा बोल्दछ र उनीहरुको भलो गर्दछ । द्वन्द्वावाद र भौतिकवादको मिलनबाट द्वन्द्वात्मक भौतिकबाद बन्दछ । द्वन्द्ववाद   के   हो  ? कुनै पनि वस्तुको अस्तित्व त्यसमा निहित नयाँ र पुरानो, जीवनशील र मरणशील दुई बिरोधी पक्षबीचको लडाईमा आधारित हुन्छ र यसै लडाइबाट नयाँ बस्तु जन्मन्छ । वस्तुमा रहेको यसै लडाइ अर्थात् गति वा अन्तर्विरोधको अध्ययन गर्ने पद्वतिको नाम द्वन्द्ववाद हो । द्वन्द्ववाद र भौतिकवाद दुवै पहिलेदेखि नै बेग्ला बेग्लै रुपमा विकसित हुदै आएका थिए । द्वन्द्ववाद, आदर्शवाद र भौतिकवाद अधिभुतवादका शिकार थिए । द्वन्द्ववादको राम्रो विकास हेगेलले गरेका हुन् । तर उनले त्यो द्वन्द्ववादलाई निरपेक्ष विचार, परमात्मामा लागू गरे । उनले ‘परमात्मा वा विच...

इभानको एक प्रेरणादायी कथा || इभानले किन त्यसो गरे ?

Image
 केन्याको प्रसिद्ध धावक अबेल मुताई ओलम्पिक प्रतियोगिताको अन्तिम चरणमा दगुर्दा उनी अन्तिम रेखा भन्दा केही मिटर पछाडि थिए । उनका बाँकी प्रतिस्पर्धीहरू पछाडि नै थिए ।    अबेलले स्वर्ण पदक जीती सकेका थिए तर भूलवश अन्तिम रेखा सम्झेर अलि परै उँभिए ।    उनका पछाडि आई रहेका स्पेनेली धावक इभान फर्नान्डिसले बुझे , अबेलले भूलवश अन्तिम रेखा सम्झेर उँभिएका छन् ।   उसले कराउँदै अबेललाई अगाडि जान भनी रहेका थिए । तर अबेलले स्पेनिश भाषा न बुझेकोले त्यहीं उँभिई रहे ।   अन्त्यमा इभानले उसलाई धकेल्दै अन्तिम रेखामा पुराई दिए । यसैले अबेल प्रथम र इवान दोश्रो भए । सबै दर्शक अवाक !    पत्रकारहरूले इवानलाई सोधे - तपाईले यस्तो किन गर्नु भयो ? अवसर पाउँदा - पाउँदै तपाईले जीतेको स्वर्ण पदक किन गुमाउनु भयो ?   इवानले भने - मेरो सपना छ कि एकदिन हामीले यस्तो मानव जाति बनाओैं जसले एक - अर्कालाई सहायता गर्नेछ , न कि उसको भूलको फाइदा उठाउने छ । म प्रथम स्थानमा थिइन् ।   पत्रकारले फेरि सोधे - तर केन्याका प्रतिस्पर्धीलाई धकेलेर अगाडि ल्याउनु भयो ?    इभानले ...

सरकारमा को…? सरकारका ६ विकल्प …

Image
  त्रिशंकु संसदबाट नयाँ सरकार दिनका लागि सम्भावित ६ वटा विकल्प यस्ता देखिन्छन्– विकल्प – १ : सहमतिमा नपुगी राष्ट्रपतिले दिएको पुस १० को म्याद गुजार्ने । त्यसपछि, संविधानको धारा ७३ (३) अनुसार कांग्रेसले ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाउने अनि एक महिनाभित्र विश्वासको मत लिने । प्रधानमन्त्री बाहेकका पदमा पछि भागबण्डा मिलाउने । विकल्प – २ : नयाँ गठबन्धन बनाउने । माओवादी– प्रधानमन्त्री । एमाले– राष्ट्रपति । जसपा– उपराष्ट्रपति । एकीकृत समाजवादी– सभामुख । राप्रपा–उपसभामुख आदि बाँडचुँड गर्ने । विकल्प – ३ : कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै दिने । त्यसपछि, माओवादीलाई उपराष्ट्रपति/सभामुख । एकीकृत समाजवादीलाई राष्ट्रियसभाको अध्यक्ष, लोसपा– उपसभामुख आदि । विकल्प – ४ : माओवादीलाई प्रधानमन्त्री र एकीकृत समाजववादीलाई राष्ट्रपति दिने । कांग्रेसले सभामुख र अन्य पदहरुमा चित्त बुझाउने । विकल्प – ५ : कांग्रेसलाई राष्ट्रपति र सभामुख । माओवादीलाई प्रधानमन्त्री । एकीकृत समाजवादीलाई राष्ट्रियसभाको अध्यक्ष । लोसपालाई उपसभामुख । विकल्प – ६ : कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रियसभाको अध्यक्ष ...

तिमी के भन्छौ मीनेन्द्र ? -किशोर नेपाल

Image
 तिमी के भन्छौ मीनेन्द्र ?  ➡️किशोर नेपालको टिप्पणी  मेरा अत्यन्त प्रिय र आत्मीय मित्र हुन मीनेन्द्र रिजाल । प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा हामीले संगै काम गरेका हौं । त्यो आन्दोलनलाई मध्यवर्ती भागतिरै छाडेर बिद्यार्थी नेता मीनेन्द्र रिजाल र अर्का बिद्यार्थी नेता प्रकाशशरण महत अमेरिकातिर लागे शिक्षा आर्जनका लागि । नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जन–आन्दोलनले देशमा संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्थापना गर्यो । त्यसको केही समयपछि उनीहरु नेपाल फर्किए ः डा. मीनेन्द्र रिजाल र डा. प्रकाशशरण महतका रुपमा । यी दुबै नेता शेरबहादुर देउवाका निकट मानिन्थे त्यतिखेर ।  राजनीतिमा मीनेन्द्र प्रखर थिए । पूर्वी नेपालको कुलीन रिजाल परिवारका सदस्य मीनेन्द्र र नुवाकोट जिल्लाका सम्पन्न महत परिवारका प्रकाशलाई कांग्रेसको राजनीतिमा ‘एडजष्ट’ हुन त्यति कठिन भएन । रहँदा बस्दा प्रकाश शरण आफना दाजु रामशरण महतको राजनीतिबाट टाढिए भने मीनेन्द्र शेरबहादुर देउवाको समूहबाट अलग्गिए । मीनेन्द्र र प्रकाश, दुबैको राजनीति अप्ठेरोमा फलेको फर्सी जस्...

अदालत र दलिय राजनीति …

Image
 दोष  चोलेन्द्र समशेरको भन्दा , दलहरू,राज्य संयन्त्र र संविधानको हो  📝केशव प्रसाद भट्टराई  हिम्मत भए तलको  तथ्यलाई  गलत सावित गर्नुहोस I  ***** *****   १. सवाल चोलेन्द्र समशेरको हुँदै होइन,  सुशीला कार्कीलाई महाभियोग लगाउनु भयो, उनको अवकाश प्रिय र सम्मानजनक रहेन I  त्यसपछि दीपकराज जोशी र गोपाल पराजुलीलाई पनि अपमानजनक ढङ्गमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशबाट हटाउनु भयो ! राजनीतिक असभ्यता  प्रदर्शन गर्नुभयो ! अहिले चोलेन्द्र समशेर ! लगातार सर्वोच्च अदालतका चार जना प्रधान न्यायाधीशहरुको अपमानजनक  वहिर्गमन ! राष्ट्रको  र न्यायपालिकाको यो भन्दा ठूलो अपमान अर्को केही हुन्छ ? ***** मध्यरातसम्म  कुनै पार्टीका  नेता,   प्रधान न्यायाधीशको निवाशमा बसेर. नियुक्त हुने  न्यायाधीशहरूको  अन्तिम सूची तयार गरेर  बाहिरिएका खवर मिडियामा आएकै हुन् I  न्यायाधीश नियुक्त गर्ने संरचनामा कानुन मन्त्री भैसकेपछि फेरी प्रधानमन्त्रीको प्रतिनिधि किन चाहिने ? राजनीतिक दललाई प्रतिनिधित्व गर्ने बार एसोसिएसनक...

घटस्थापना कसरी गर्ने ?

Image
 आज भोली पण्डित पाउन गाह्रो छ । भोली पण्डित नपाउनेले यसरी घटस्थापना गरौं । सनातन हिन्दु परम्पराको स‌ंरक्षण गरौं  १. शुद्ध स्थान अथवा मंदिरमा लिपपोत गरी चोख्याइ राख्ने  २. माटो वा बालुवामाथि  बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गर्ने  ३. दीप–कलश–गणेश पूजा गर्ने ४. ईशानकोणबाट क्रमश: दुर्गाका चारैतिर रहने देवताहरूको पूजा गर्ने  ॐ विष्णवे नमः (ईशानकोण)।  ॐ शिवाय नमः (आग्नेय कोण)।  ॐ विनायकाय नमः (नैरित्यकोण)।  ॐ सूर्याय नमः (बायब्यकोण)।  दुर्गा देव्याः सर्वेभ्यो परिवारेभ्यो नमः । नमस्कार गर्ने । ६. भगवती दुर्गाको ध्यान गर्ने  सर्व मंगल मागंल्ये शिवे सर्वार्थ साधिके ।  शरण्येत्रयम्बिके गौरी नारायणी नमोस्तुते ॥ ७. भगवती दुर्गाको आवाहन गर्न जौ छर्ने र तलको मन्त्रोच्चारण गर्ने यीनै जौ उम्रेपछि दशमीकोदिन जमराको रूपमा प्रयोग गर्ने ।  श्रीजगदम्बायै दुर्गादेव्यै नम:। दुर्गादेवीं आवाहयामि॥ ८.  देवीयन्त्र वा अष्टदलकमल बनाई दुर्गायन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको,  चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रत...

सत्य र झुट…?

Image
 सत्य र झुट उहिल्यै उहिल्यैको कुरो हो । एक दिन सत्य र झुटको  भेट भयो । झुटले सत्यलाई भन्यो: "आज बढो रमाइलो घमाइलो दिन छ, सँगै खेलौँ !" हुन पनि दिन अद्भुत नै थियो । दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे । झुटले सत्यलाई फकायो, "उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।" दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र  डुबुल्की मारे । केही बेर इनारमा  नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर भेट्टाइन । बरु नाङ्गै हिँडेकी सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । बिचरी सत्य फेरि उही पोखरीमा फर्केर पानीभित्र लाज लुकाउन सदाको निम्ति गायब भई। अनि त्यसबेला देखि नै झुट सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । दुनियाँले चाहेको आवरणमा ढाकिएको उसलाई  सबैले मन पराएका छन् । नग्न सत्यको रुपलाई दुनियाँ भरको समाजले...