इभानको एक प्रेरणादायी कथा || इभानले किन त्यसो गरे ?
केन्याको प्रसिद्ध धावक अबेल मुताई ओलम्पिक प्रतियोगिताको अन्तिम चरणमा दगुर्दा उनी अन्तिम रेखा भन्दा केही मिटर पछाडि थिए । उनका बाँकी प्रतिस्पर्धीहरू पछाडि नै थिए ।
अबेलले स्वर्ण पदक जीती सकेका थिए तर भूलवश अन्तिम रेखा सम्झेर अलि परै उँभिए ।
उनका पछाडि आई रहेका स्पेनेली धावक इभान फर्नान्डिसले बुझे , अबेलले भूलवश अन्तिम रेखा सम्झेर उँभिएका छन् ।
उसले कराउँदै अबेललाई अगाडि जान भनी रहेका थिए । तर अबेलले स्पेनिश भाषा न बुझेकोले त्यहीं उँभिई रहे ।
अन्त्यमा इभानले उसलाई धकेल्दै अन्तिम रेखामा पुराई दिए । यसैले अबेल प्रथम र इवान दोश्रो भए । सबै दर्शक अवाक !
पत्रकारहरूले इवानलाई सोधे - तपाईले यस्तो किन गर्नु भयो ? अवसर पाउँदा - पाउँदै तपाईले जीतेको स्वर्ण पदक किन गुमाउनु भयो ?
इवानले भने - मेरो सपना छ कि एकदिन हामीले यस्तो मानव जाति बनाओैं जसले एक - अर्कालाई सहायता गर्नेछ , न कि उसको भूलको फाइदा उठाउने छ । म प्रथम स्थानमा थिइन् ।
पत्रकारले फेरि सोधे - तर केन्याका प्रतिस्पर्धीलाई धकेलेर अगाडि ल्याउनु भयो ?
इभानले भने - उनी प्रथम नै थिए , यो प्रतियोगितामा प्रथम स्थान उनकै हो ।
पत्रकार - तपाईले स्वर्ण पदक जीत्न सक्नु हुन्थ्यो ।
इभान - तपाईले सोच्न सक्नु हुन्छ त्यो जीतको अर्थ के हुने थियो ? मलाई पदकको सम्मान प्राप्त हुन्थ्यो तर मैले मेरी आमालाई के भन्थें ? संस्कार एउटा पीढीवाट अर्को पीढीसम्म जान्छ । यो स्वर्ण पदकलाई मैले यसरी जीतेर मैले आउने पीढीलाई के सन्देश दिने थिएँ ? अरूको दुर्बलता र अज्ञानताको फाईदा न उठाउँदै उसलाई सहयोग गर्ने शिक्षा मेरी आमाले मलाई दिनु भएको छ ।
©साभार-सामाजिक संजाल
Comments
Post a Comment