म
.jpg)
सानोमा 'म राम्रो म' पढ्दै… म राम्रो बन्न हिडेको - म । बुद्धि कम, इमान बढी भएको - म । मस्तिष्क भन्दा मनले सोचेर धेरै पटक बेकुफ बनेको - म । नोट बोल्ने वैश्य युगमा इमानको तौल धेरै मान्ने - म । अरुलाई मलहम लगाउदा लगाउदै … आफ्नै घाउ भुलेको - म । यस्तै कमजोरीमा आफन्त साथीभाइहरूले फाइदा उठाउदा… घाटामा पनि मुस्कुराउने - म । 'म राम्रो म' बन्न हिडेको एक्लो - म ! सिक्ने सिकाउने अभियानको सिकारु - म । छोराछोरीको बुबा बन्न सिक्दै गरेको - म । जीवन सङ्गिनी गीत भए मधुर संगीत - म । आमाबुबाको सारा संसार - म । अन्त्यमा ऎना हेर्नुस् मुस्कुराउनु होस् 😍 तपाईंलाई कस्तो लाग्छु - म ? 🖋️नारायण के सी पोख्रेल २०८२/०४/०१ बिहीबार थुम्पाकी रोल्पा