म
सानोमा 'म राम्रो म' पढ्दै…
म राम्रो बन्न हिडेको - म ।
बुद्धि कम, इमान बढी भएको - म ।
मस्तिष्क भन्दा मनले सोचेर धेरै पटक बेकुफ बनेको - म ।
नोट बोल्ने वैश्य युगमा इमानको तौल धेरै मान्ने - म ।
अरुलाई मलहम लगाउदा लगाउदै …
आफ्नै घाउ भुलेको - म ।
यस्तै कमजोरीमा आफन्त साथीभाइहरूले फाइदा उठाउदा…
घाटामा पनि मुस्कुराउने - म ।
'म राम्रो म' बन्न हिडेको एक्लो - म !
सिक्ने सिकाउने अभियानको सिकारु - म ।
छोराछोरीको बुबा बन्न सिक्दै गरेको - म ।
जीवन सङ्गिनी गीत भए मधुर संगीत - म ।
आमाबुबाको सारा संसार - म ।
अन्त्यमा ऎना हेर्नुस् मुस्कुराउनु होस् 😍
तपाईंलाई कस्तो लाग्छु - म ?
🖋️नारायण के सी पोख्रेल
२०८२/०४/०१ बिहीबार
थुम्पाकी रोल्पा
Comments
Post a Comment