Posts

Showing posts from January, 2021

वीर शहिदहरु अमर रहुन् 💐

Image
 "हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपुत मरेर नगए"-भुपी शेरचन  आज माघ १६ सहिद दिवस। नेपालमा माघ १० देखि माघ १६ गतेसम्म सहिद सप्ताहका रूपमा मनाइन्छ। नेपालमा विभिन्न समयमा संचालित परिवर्तनको आन्दोलनमा ज्ञात अज्ञात हजारौं शहिदको बलिदान रहेको छ। सहिदको बलिदानीबाट नै आज हामीले स्वतन्त्रता,समानता र सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा आफ्ना अधिकार उपभोग गर्न पाएका छौँ। नेपालको प्रथम शहिदका रूपमा लखन थापालाई मानिन्छ। राणाहरुको विरुद्धमा आवाज उठाएकाले थापालाई वि.सं.१९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै झुन्ड्याएर मारिएको थियो।  तर राणा विरुद्ध आन्दोलन भने रोकिएन भित्रा-भित्रै चली नै रह्यो। सोही राणा विरोधी आन्दोलनका क्रममा वि.सं.१९९७ मा फेरि ४ नेपाली सपुतले आफ्नो ज्यानको आहुती दिए। तिनै ४ सहिदका बारे  संक्षिप्त विवरण तल प्रस्तुत गरिएको छ। नेपालका ४ सहिदहरूको संक्षिप्त विवरण:- सहिदको नाम- मृत्युदण्ड १-शुक्रराज शास्त्री (१९५०)  मृत्युदण्ड दिइएको मिति-१९९७ माघ १० मृत्युदण्डको तरिका:- टेकुपचलीस्थित खरीको बोटमा झुन्ड्याइएको २-धर्मभक्त माथेमा (१...

पृथ्वीनारायण शाह कालिन अड्डाहरु…

Image
 नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्वदायी प्रमुख भुमिका रहेको छ। आजको एकीकृत नेपाल निर्माणमा पृथ्वीनारायण शाहको प्रमुख भुमिका रहेको छ। पृथ्वीनारायण शाहको पालामा सरकारी कामलाई व्यवस्थित गर्नका लागि विभिन्न अड्डाहरुको गठन गरिएको थियो। जसमध्ये केहि प्रमुख अड्डाहरुका बारे तल उल्लेख गरिएको छ:- १) मुन्सीखाना- परराष्ट्र सम्बन्धि काम गर्ने अड्डा  २) जैसी कोठा- तिब्बत हेर्ने अड्डा(मुन्सीखानाकै एक इकाई) ३) कोत भण्डार- दरबारलाई आवश्यक पर्ने सामान व्यवस्था गर्ने अड्डा  ४) कुमारी चोक- आम्दानी र खर्चको हिसाब जाँच्ने अड्डा  कृपया, थप जानकारी भए कमेन्टमा उल्लेख गर्नु होला 🙏 पृथ्वीनारायण शाह वि.सं: १८२५ असोज १३ गते(राजा भएको दिन) कान्तिपुरको राजगद्दीमा बसेका थिए। उनले वि.सं: १८३१ माघ १ गते नुवाकोटको देविघाटमा बसेर "दिव्योपदेश" दिएका थिए।

पुस्तान्तरण(Generation gap)

Image
 एउटा बच्चाले आफ्नो बाऊलाई सोध्छ : तपाईहरू के गरी बस्नु हुन्थ्यो, जत्तिखेर : - न प्रविधिमा पहूँच थियो, - न इन्टरनेट थियो, - न कम्प्युटर थियो, - न टेलिभिजन थिए, - न एयर कण्डिशन थियो, - न कार थिए, - न मोबाइल फोनहरू थिए । बाउले_उत्तर_दिन्छन् :  "जसरी तिम्रो पुस्ता आज बाँचेको छ" : - न प्रार्थना छ,न भाव  - न दया/न करूणा छ, - न इज्जत/सम्मान छ, - न चरित्र छ, न चेतना - न लाज छ, न सरम - न कुनै विनयशीलता छ, - न समय-पालना छ, - न खेलकूद छ,न मनोरञ्जन  - न भरपर्दा साथीसंगी छ्न् (मात्र फेस्बुके साथी)। सन् १९४० देखि १९९० को विचमा जन्मिने हामी त साँच्चिक्कै भाग्यमानी छौँ । हाम्रो जीन्दगी त्यसको ज्वलन्त प्रमाण हो : 👉 खेल्दा र साइकल चलाउँदा हामीले कहिल्यै हेलमेट लगाएनौँ । 👉 हामीले स्कूलपछि साँझ परुञ्जेल खेल्यौँ, टिभि कहिल्यै हेरेनौँ । 👉 हामी साँच्चैका साथीसङ्ग खेल्यौँ, इन्टरनेटका साथीसङ्ग होइन । 👉 तिर्खा लागे धाराको पानी सोझै पियौँ, बोतलको होइन । 👉 दैनिक एक-एक थाल भात खाए पनि हाम्रो तौल कहिल्यै बढेन । 👉 खाली खुट्टा डुलेपनि हाम्रा पैतलामा केही भएन । 👉हाम्रा बाउ-आमाले हामीलाई स्वस...