तिम्रा लागि श्रमिक नाफा कमाउने साधन मात्रै हुन् ?

पुजीवादले श्रमिकलाई मेसिन जसरी प्रयोग गर्दछ, न्यून ज्याला दिन्छ र अतिरिक्त नाफा कमाइ रहन्छ जसका कारण पुजीको असमान वितरण हुन पुग्दछ। तर मेसिनलाई पनि समय समयमा मर्मत सम्भारको आवश्यकता हुन्छ तर यो घटनामा सामान्य मानवीय व्यबहार पनि गरिएको छैन। के हामीले तेजावमा धकेलेको हो र?हामी उपचार गर्न सक्दैनौँ भन्छ?दिव्या रोजिन & टर्पेन्टाइन। विगत ३ वर्षदेखि खोटो संकलन गरेको आफ्नो कामदार अस्पताल पठाउनुको साटो सामान्य मानवीय व्यबहार पनि नगरेर घर फिर्ता पठाउछ। स्मरण रहोस्- #LockDown अवधिमै कामदारलाई घरबाट कार्यक्षेत्र बझाङ पुर्याएको थियो। रोल्पा जिल्ला सुनिलस्मृती गाउँपालिका १ घोडागाउँ तुसारपानी निवासी दिल ब.पुन खोटो संकलनका लागि बझाङ गएको थिए। तर कार्यक्षेत्रमा बझाङमै दुर्घटनामा परेर हाल बिचल्लीमा परेका छन्। मिति २०७७ कार्तिक २३ गते राति आफू बाँस बसिरहेको ठाउँबाट राति पिसाब गएर फर्कने बेला लडेर तेजाव राखेको भाडोमा परे पछी शरीरको अधिकांश भाग जलेको छ। तर यस्तो बेला कम्पनीले उपचार गर्नुको साटो घर पठाएको छ। सामान्य मानवीय नाताले गरिने व्यबहार पनि गरेको छैन। उपचार गरि दिन पटक-पटक विभिन्न माध्यमबा...