Posts

Showing posts from September, 2024

-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

Image
  "तपाई कुन पार्टी निकट ?"-म सेतोपाटी निकट !!! ©नारायण के.सी.पोख्रेल मैले शिक्षक मासिक विद्यार्थी जीवन देखि नै  पढ्न थाले । त्यो क्रमलाई अहिलेसम्म सकेसम्म निरन्तरता दिने प्रयासमा छु। विद्यार्थी कालमा विद्यालय नजिकैको रातामाटा सामुदायिक अध्ययन केन्द्रमा शिक्षक मासिक आउथ्यो । शिक्षा र राजनीतिमा चासो राख्ने भएकाले कहिलेकाही शिक्षकका  पेशागत संगठनका नेताहरुसँग मागेर पनि पढ्ने गरिन्थ्यो । "शिक्षक"मासिकमा कहिले नमुना विद्यालयका कुरा आउथे, कहिले दुर्गमका विद्यालयका कथा त कहिले हेडसरका कथा अनि कहिले  प्रविधि,शिक्षा, निरन्तर विद्यार्थी मुल्यांकन तथा उदार कक्षोन्नति सम्बन्धि लेखहरु आइरहेकै हुन्छन् । केहि वर्ष पहिले एकदिन शिक्षक मासिकमा गिजुभाइको 'दिवास्वप्न' बारेको छोटो लेख(पुस्तक समिक्षा) पढ्ने अवसर मिल्यो ।  त्यो लेख पढेपछि मलाई एकपटक "दिवस्वप्न" पुस्तक पढ्न मन लाग्यो तर नजिकै पुस्तक पसल थिएन ।  केही समयपछि सुलिचौर बजारमा रहेको कुसुम स्टेसनरी पुगेर दाना दिदीलाई "दिवास्वप्न पुस्तक छ दिदी" भनेर सोधे । दिदीले छ भन्दै औलाको इशाराले पुस्तक देखाउनु भयो...