Posts

Showing posts from March, 2023

दर्शन भनेको के हो ?

Image
 ©- मोहन वैद्य  सामान्य   परिचय दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक बस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउँने गर्दछ । वर्ग–समाजमा दर्शन पनि वर्गिय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीबीहरुको पक्षमा बोल्दछ र उनीहरुको भलो गर्दछ । द्वन्द्वावाद र भौतिकवादको मिलनबाट द्वन्द्वात्मक भौतिकबाद बन्दछ । द्वन्द्ववाद   के   हो  ? कुनै पनि वस्तुको अस्तित्व त्यसमा निहित नयाँ र पुरानो, जीवनशील र मरणशील दुई बिरोधी पक्षबीचको लडाईमा आधारित हुन्छ र यसै लडाइबाट नयाँ बस्तु जन्मन्छ । वस्तुमा रहेको यसै लडाइ अर्थात् गति वा अन्तर्विरोधको अध्ययन गर्ने पद्वतिको नाम द्वन्द्ववाद हो । द्वन्द्ववाद र भौतिकवाद दुवै पहिलेदेखि नै बेग्ला बेग्लै रुपमा विकसित हुदै आएका थिए । द्वन्द्ववाद, आदर्शवाद र भौतिकवाद अधिभुतवादका शिकार थिए । द्वन्द्ववादको राम्रो विकास हेगेलले गरेका हुन् । तर उनले त्यो द्वन्द्ववादलाई निरपेक्ष विचार, परमात्मामा लागू गरे । उनले ‘परमात्मा वा विच...

इभानको एक प्रेरणादायी कथा || इभानले किन त्यसो गरे ?

Image
 केन्याको प्रसिद्ध धावक अबेल मुताई ओलम्पिक प्रतियोगिताको अन्तिम चरणमा दगुर्दा उनी अन्तिम रेखा भन्दा केही मिटर पछाडि थिए । उनका बाँकी प्रतिस्पर्धीहरू पछाडि नै थिए ।    अबेलले स्वर्ण पदक जीती सकेका थिए तर भूलवश अन्तिम रेखा सम्झेर अलि परै उँभिए ।    उनका पछाडि आई रहेका स्पेनेली धावक इभान फर्नान्डिसले बुझे , अबेलले भूलवश अन्तिम रेखा सम्झेर उँभिएका छन् ।   उसले कराउँदै अबेललाई अगाडि जान भनी रहेका थिए । तर अबेलले स्पेनिश भाषा न बुझेकोले त्यहीं उँभिई रहे ।   अन्त्यमा इभानले उसलाई धकेल्दै अन्तिम रेखामा पुराई दिए । यसैले अबेल प्रथम र इवान दोश्रो भए । सबै दर्शक अवाक !    पत्रकारहरूले इवानलाई सोधे - तपाईले यस्तो किन गर्नु भयो ? अवसर पाउँदा - पाउँदै तपाईले जीतेको स्वर्ण पदक किन गुमाउनु भयो ?   इवानले भने - मेरो सपना छ कि एकदिन हामीले यस्तो मानव जाति बनाओैं जसले एक - अर्कालाई सहायता गर्नेछ , न कि उसको भूलको फाइदा उठाउने छ । म प्रथम स्थानमा थिइन् ।   पत्रकारले फेरि सोधे - तर केन्याका प्रतिस्पर्धीलाई धकेलेर अगाडि ल्याउनु भयो ?    इभानले ...