Posts

Showing posts from August, 2022

व्यवस्था फेरियो अवस्था फेरिएन…???

Image
 ➡️एक प्रतिनिधि घटना↕️ एक समय थियो:- "कि मिलिशिया कि मलेसिया" पूर्व-मिलिशिया सन्दीप घर्ती भने मलेसिया पुग्न सकेका छैनन्। माओवादी अभियानमा मिलिशिया भने बने । उनी जीविकोपार्जनका लागि कहिले खोटो निकाल्न काला पहाड पुग्छन् त, कहिले यार्सा टिप्न सेता पहाड-हिमालय पुग्छन् यति गर्दा घरको छानो फेर्ने मेसो मिलेको छैन । सरकारले फुसको छानो विस्तापन गर्ने कार्यक्रम पनि संचालन गरिरहेको छ । जस्तापाता पनि वितरण भइरहेकै छ । तर त्यो कार्यक्रमले अझै उनलाई छोएको छैन, शायद उनी नेताको पटक-पटक परिक्रमा गर्न सक्दैनन् वा पहुँच पुग्दैन । तैपनि एक पटक आफ्नो गुनासो सरकारलाई भेटेरै सुनाए तर सरकारबाट अहिले तत्कालै टिन दिन नसकिने तर असोजसम्म पक्का टिन पाउने आश्वासन पाएकापछी मुसुक्क मुस्कुराएका थिए तर ५ वर्ष बितिसक्दा पनि त्यो असोज अझै आइ पुगेन ! हजुरहरुको त प्रत्येक वर्ष नै आउँछ नि है असोज उहाँलाई असोज कहिले आउला ? शायद  असोज आउला र सरकारले दिएको टिन लाउला भनेर मीठो आशा पाल्दै कुनै एकान्त सुनसान पहाडमा खोटे सल्लाका बोटलाई मुसार्दै हुनु होला सन्दीप दाइ(पूर्व-मिलिशिया)…। यहि प्रसंगमा निभा शाह एउटा सिर्जना याद...