Posts

Showing posts from September, 2021

MCC बारे भ्रम र यथार्थ -सुर्यराज आचार्य

Image
  नेपालमा MCC चर्चा र विवादको केन्द्रमा रहेको छ। यसै सन्दर्भमा पूर्वाधार विद् तथा अध्येता सुर्यराज आचार्यले आफ्नो twitter बाट आफ्नो कुरा यसरी सार्बजनिक गर्नु भएको छ:- MCC बारे Surya R Acharya सरको twitter थ्रेड ⬇️ ➡️एमसीसी पक्षधरका भ्रम र यथार्थ- थ्रेड* १) भ्रम: MCC संझौता अन्य विदेशी अनुदान जस्तै संझौता हो। यथार्थ: MCC विकास सहयोगको आवरणमा अमेरिकाको सुरक्षा रणनीति लगायत विकासशील देशमा आफ्नो प्रभुत्वको पक्षपोषण गर्ने माध्यम हो। सामान्य प्रकृतिको विकास सहयोग मात्र होईन। १/n १.१) MCC संझौताका शर्तहरू अमेरिकाको 'मिलेनियम च्यालेन्ज ऐन २००३ (MC Act 2003)' का प्रवधान अनुसार तय गरिएका छन्। यो ऐनको दफा ६०७ मा MCC सहयोग लिने देशले पालना गर्नु पर्ने १३ शर्त स्पष्टसँग उल्लेख गरिएको छ। सो अनुसार MCC संझौताको धारा ३.३ मा MC Act 2003 को दफा ६०७ को उल्लेख छ। २/n १.२) MCA 2003 को दफा ६०७ मा राजनीति, आर्थिक र सामाजिक व्यवस्था बारेका शर्त छन्। कतिपय यी शर्त हाम्रो संविधानको प्रावधानको बर्खिलापमा छन्। जस्तो की, संविधानमा 'समाजवाद-उन्मुख' छ, तर MCC का शर्तमा 'नव-उदारवाद' का ...