पैसा नहुँदा कार्यालयको चिया पिउन नमान्ने छविलाल

पैसा नहुँदा कार्यालयको चिया पिउन नमान्ने छविलाल .............. ............................................... मोबाइल ग्यालरीमा उनको फोटो देखेर सम्झिएँ । कुरो केही महिना अगाडिको हो । म प्रशासन कार्यालयको मुद्दा फाँटमा छिरेँ । कुर्सीमा बसेँ । फाँटको कुरा गर्दै थिएँ । छेऊमा एकजना वयस्क उभिएका थिए । उमेर सोध्न मन लागेन । ५४–५५ का हुँदा हुन् । सानो कदका छविलाल विक । मञ्जु दिदीले ट्रेमा केही कप कालो चिया ल्याईन् । पदीय हिसाबले पहिले मछेऊ आईन् । मैले छविलालतिर देखाउँदै पहिले उहाँलाई दिन संकेत गरेँ । दिदीले ट्रे उतै तेर्स्याइँन् । उनले चिया लिन मानेनन् । आफै चिया लिनु न भनेँ । चियाको कप उठाउन मान्दै मानेनन् । किन ? चिया पिउनु हुन्न र ? "पिउँछु ।" उसोभए लिनु न त । "पैसा छैन हजुर (हात जोड्दै) ।" उनलाई सोचेछन् चियाको पैसा तिर्नुपर्छ । लाग्यो उनी सरकारी कार्यालयमा बिरलै गएका होलान् । जहाँ गए त्यहाँ यसरी चिया पिउने अफर पनि सायदै आयो होला । म छाँगाबाट खसेझै भएँ । उफ ! सेवाग्राही र हामी कर्मचारीको बीचमाको 'ग्याप' । पैसा तिर्नुपर्दैन पिउनुस् । बल्ल बायाँ हात अगाडि सारे ।...