Posts

Showing posts from February, 2021

लोकप्रिय प्रशासक

Image
 गोकर्ण उपाध्याय नागरिकका बीचमा परिचीत तथा लोकप्रिय प्रमुख जिल्ला अधिकारीको नाम हो। अहिले उहाँ अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनु हुन्छ। उहाँको एउटा यात्रा अनुभुती यहाँ प्रस्तुत गरिएको छ। उहाँको आफ्नो फेसबुक पेजमा यस्तो यात्रा अनुभुती(संस्मरण) यसरी सुरु गर्नु हुन्छ:- शक्तिको इच्छाशक्ति  ........................ शक्ति शाहीको इच्छाशक्ति मान्नैपर्छ । सिडिओ आफ्नो घरको बाटो २ घण्टा उकालो हिडेर बिदाको दिन (माघ ३० गते) नागरिकता बाड्न भुलु गए भन्ने थाहा पाएपछि सिडिओ फर्किदा आफ्नो घोडामाथि राखेर दैलेखपट्टि साङ्गेतडाको उकालो चढाईदिने सोच लिएर पर्खाईमा बसेछन् । सिडिओ फर्किने एउटै बाटो थियो झोलुङ्गे पुलको । घोडा 'रेडी' । मभन्दा पहिले तल झर्ने सशस्त्र डिएसपी सापसँग गफिदै थिए । म आईपुगे । भन्दै थिए "सिडिओ सापलाई बिहानै पु¥याई दिन्थे तर घरमै भएन । सिडिओ सापले मेरी बुहारीलाई बाटोको बारेमा सोध्नुभएछ । मेरै घरमा आउँदा समेत म घरमा भएन । निकै पश्चातापमा थिएँ । लिन उतै पनि जान्थेँ तर यस्तो ठाडो ओरालोमा घोडाले लडाउला भन्ने डर लाग्यो । अब पारी पु¥याई दिन्छु ।" मैले भने पर्दैन, यत्रो उ...

विश्व रेडियो दिवस

Image
 आज दशौं विश्व रेडियो दिवस। नेपालमा पनि "नयाँ विश्व,नयाँ रेडियो" भन्ने नारा सहित विश्व रेडियो दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.सं.२००३ सालमा रेडियोको प्रसारण सुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ। अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९०० हाराहारी छ। नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७०० भन्दा बढी छ। नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो। विभिन्न सञ्चार माध्यमको विकास भए पनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ। नेपालमा विभिन्न परिवर्तनका आन्दोलन र नागरिक चेतना अभिवृद्धि गर्न रेडियोले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन्। युनेस्कोको ३६ औँ महासभाले फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरयो।सन 1951 April 2 मा रेडियोनेपालक...