Posts

Showing posts from August, 2023

अष्ट-चिरञ्जीवी

Image
 पृथ्वीमा कहिल्यै नमर्ने कम्तिमा आठ अमर चिरञ्जीवी गुणहरु रहेका छन्। नामको आधारमा ति गुणहरु अश्वत्थामा, व्यास, महाबली, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र  मार्कण्डेयको परिचय रूपमा परिचित गराइएको छ। आठ अमर चिरञ्जीवीहरूको गुणवाट सिकेर तपाईँ आफू भने नवौँ चिरञ्जीवीत्व ग्रहण गर्ने दिसामा अघि बढ्नुहोस्  भनी वेदले तपाईँलाई सल्लाह दिन्छ। नवौँ चिरञ्जीवी त्यो हो जो आठ अमर चिरञ्जीवीहरूको गुण आफ्नो जीवनमा समय अनुकूल उपयोग गर्दछ। आफूलाई दर्द अर्थात् सफ़रिङ्ग मुक्त गर्न सक्दछ भनिएको छ। अश्वत्थामा बलिर्व्यासो हनूमांश्च विभीषण:। कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥ सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्। जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित।। मन्त्र भन्दछ “अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम सात चिरञ्जीवी हुन्। उल्लेखित सात चिरञ्जीवी सहित मार्कण्डेय ऋषिको कर्मको मर्म स्मरण सहित जप (आफूलाई समेत अनिवार्य रूपमा त्यस्तै कार्यमा समर्पित गर्ने बाचा जुन व्यवहारमा अनिवार्य उतार्ने गरिन्छ) गर्नाले मानिसले आफूलाई स्वस्थ  राख्न सक्दछ। उसले दीर्घायु प्राप्त गर्दछ”...